Friday 6th March 2026

सर्लाहीमा नेकपा र काँग्रेस कार्यकताबिच झडप, एकको मृत्यु


तितोपाटी – सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एकजना कांग्रेस समर्थकको मृत्यु भएको छ । गोली प्रहारबाट चार जना समान्य घाइते भएका छन् ।गोली प्रहारबाट रामनगर गाउँपालिका–४ बहुर्वाका ६० वर्षीय रामविलास महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए।

बिहान ८ बजे गोली प्रहारबाट महतोको घटनास्थलमा नै मृत्यु भएको हो। अन्य घाइतेको स्थानीयस्तरमा उपचार भइरहेको छ। घटनास्थलमा अझै तनाव कायम रहेको प्रहरीले जनाएको छ। मध्यान्ह १ बजेसम्म जिल्लाबाट गएको प्रहरी घनास्थलमा पुग्न सकेको छैन।

‘लामो समयदेखि गाउँमा विवाद थियो,’ प्रहरी उपरीक्षक पोखरेलले भने, ‘गाउँमा सोमबार पनि विवाद भएको थियो। गोली कसले किन चलायो अनुसन्धान भइरहेको छ।’ उनले पुस्तैनी राजनीति विवादको क्रममा गोली चलेको हुन सक्ने बताए।

मृतक महतो रामनगर गाउँपालिका वडा नं. ४ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामनरेश महतोका काका हुन्। वडा अध्यक्षमा कांग्रेसबाट महतो निर्वाचित भएपछि तत्कालीन माओवादी समर्थकसँग पटकपटक विवाद हुँदै आएको छ। सोमबार वडा अध्यक्ष महतोलाई हातपात समेत भएको थियो।

नेपाली कांग्रेसका प्रदेश सांसद उपेन्द्र महतोका अनुसार मंगलबार बिहान नेकपाका कार्यकर्ताले घरमा घेरा हाली तोडफोड गर्नुको साथै गोलीचलाएकाथिए।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...