Friday 31st July 2026

गोरूसिंगेमा बस र ट्रिप्पर ठोक्किंदा ३ जनाको मृत्यु, दर्जनाै घाइते


तितोपाटी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि २ गोरुसिंगेमा हिँजो साेमबार बस र ट्रिपर एक अापसमा ठाेक्किदा ३ जनाकाे मृत्यु भएकाे छ भने दर्जनाैं घाइते भएका छन्। दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरित दिशामा जाँदै गरेको लु २ ख १४७७ नम्बरको ट्रिपर एक आपसमा ठोक्किएका थिए।

घटनामा परी मृत्यु हुनेमा बसमा सवार दाङ गढवा गाउँपालिकाका दुर्गा सुनारका ४ बर्षे छोरा शुसान्त , सोही गाउँपालिका ४ का २५ बर्षीया पुजा नेपालीको मृत्यु भएको र एकजनाकाे भने पहिचान खुल्न नसकेकाे जिल्ला ट्राफिक कार्यालयले जनाएकोे छ।

घटनामा ३१ जना घाइते भएका छन। त्यस मध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरिक्षक रबि रावलले बताए। घाईतेहरुको लुम्बिनी र चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ। घटनामा सामान्य घाइते भएका बस र ट्रिपरका चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएका छन्।


सम्बन्धित शीर्षकहरु

विश्वप्रसिद्ध गायिका Shania Twain ले आफ्नो जीवनका कठिन संघर्षहरू र ती संघर्षबाट जन्मिएको सफलताको कथा साझा गरेकी छन्। २२ वर्षको…

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) ले मंगलबार अमेरिकी सैन्य बलमाथि भएको भनिएको ब्यालेस्टिक मिसाइल आक्रमणको प्रयासको जवाफस्वरूप इरानका विभिन्न सैन्य…

इस्लामाबाद: पाकिस्तानको सेनाको जनसम्पर्क विभाग (ISPR) ले पछिल्लो २४ घण्टामा खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सञ्चालन गरिएका संयुक्त सुरक्षा अभियानका…

प्रतिकृयाहरू
...