Saturday 6th June 2026

विश्वकप नजिकिंदै गर्दा नेपाली कलाकर्मीको फुटबल मोह


तितोपाटी – विश्वकप नजिकिदै गर्दा हाम्रा कलाकर्मीलाई पनि यो माहोलले बिस्तारै छुन थालेको छ । उनीहरुले आफ्ना मनपर्ने खेलाडी र टिमको समर्थनमा जर्सी लगाएर फोटो खिचाउदै सामाजिक संजाल रंगाउने क्रम बढ्न थालेको छ ।


यही मसो पारेर गायिका तथा मोडल लक्ष्मी आचार्यले पनि आफुलाई अर्जेन्टिनाको समर्थनमा उक्त टिमको जर्सीमा बिभिन्न फोटो सुट गराएकी छन् । बच्चैदेखि खेलप्रेमी भएपनि खेलाडी बन्न नसकेको बताउने उनले नबिन के श्रेष्ठसँग जर्सीमा बिषेश फोटोसुट गरेकी हुन् । गायन र अभिनयसँगै खेलप्रेमी पनि हँु भनेर चिनाउने अभिप्रायले आफुले फोटो सुट गरेको उनले बताइन् ।

पछिल्लो समय गायिका लक्ष्मी आचार्य ‘मस्त जवानी..’ र ‘भिटामिन..’ गीतका कारणले चर्चामा छिन् । दर्शकश्रोताको जनजिब्रोमा झुन्डिन सफल यी गीतले उनलाई स्वदेशी तथा बिदेशी कार्यक्रममा समेत पुर्याएको छ ।

गायनको अलवा मोडलिङमा समेत क्रियाशील उनी आफ्ना प्रायः गीतको भिडियोमा आफै मोडलिङ गर्ने गर्दछिन् ।

मोतीनगर टिकापुर कैलालीकी आचार्यले बिगत ७ बर्षदेखि गायन र मोडलिङ एकसाथ अगाडी बढाउँदै आएकी हुन् । दोहोरी गायनबाट कलाक्षेत्र रोजेकी उनका ‘नजिक नजिक सछर्न्’, ‘तीन साल अमेरिका’, ‘यो मोरीको घैंटोमा कहिले घाम लाग्ने हो’ लगायतका दोहोरी गीत पनि चर्चामा छन् । सानैदेखि गीत गाउने आचार्य यसबर्षको विश्वकप अर्जेन्टिनाले जित्ने दाबी गर्छिन् ।


सम्बन्धित शीर्षकहरु

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

डेमोक्र्याटिक रिपब्लिक अफ कंगो (डीआरसी) को पूर्वी क्षेत्रमा विद्रोही समूह एडीएफले गरेको आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको छ,…

सरकारले युरोपका देशहरूमा नेपाली श्रमिकलाई व्यवस्थित रूपमा पठाउने प्रक्रिया संस्थागत रूपमा खोल्ने तयारी गरेको छ, ताकि व्यक्तिगत रूपमा जाँदा हुने…

प्रतिकृयाहरू
...