Tuesday 16th September 2025

भिटामिनको भण्डार सिस्नो प्रयोगका फाइदाहरू


तितोपाटी – सिस्नो प्रायः सबै ठाउँमा पाइन्छ । यसमा रहेको औषधि गुण र प्रभावकारीका कारण पछिल्लो समय सहरी क्षेत्र, होटल र रेष्टुरेन्टमा समेत यसको प्रयोग बढ्दो छ । सिस्नोलाई सुकाएर बनाएको धुलो सुपरमार्केटहरुमा प्याकमा समेत किन्न सकिन्छ ।

१० ग्राम सिस्नोको धुलोलाई करिब दुई सय मिलिलिटर तातोपानीमा रातभरि भिजाएर भोलिपल्ट बिहान खाली पेटमा खाँदा फाइदा पुर्याउँछ । सिस्नोमा ‘ए’, ‘सी’ र ‘डी’ भिटामिनसँगै पोटासियम र क्याल्सियमजस्ता पौष्टिक तत्व पाइन्छ । यसमा करिब २५ प्रतिशत प्रोटिन हुन्छ । यसमा आइरनसमेत पाइन्छ ।

सिस्नोमा फाइबरसमेत हुन्छ, जसले खाना पचाउन सहयोग गर्छ । सिस्नोले शरीरमा रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउँछ । मधुमेहको रोगीका लागि सिस्नो लाभदायक हुन्छ । सिस्नोको धुलोलाई दाल र सुप बनाएरसमेत खान सकिन्छ । हरियो सिस्नोको मुन्टा टिपेर तरकारीको रूपमा समेत प्रयोग हुने गरेको छ ।
सिस्नो खानाले किड्नीको समस्या हुनबाट जोगाउन सघाउँछ । पिसाब पोल्ने समस्या छ भने सिस्नोको सुप लाभदायक हुन्छ ।

दम, बाथरोग, रगत उत्पादन गराउने, शरीरमा हेमोग्लोबिनको मात्रा बढाउनसमेत यसले सघाउँछ । सिस्नोको लेदोलाई मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्ने समस्या कम हुन्छ । भाँचिएको तथा मर्केमा, हाड जोड्न, हाड–जोर्नी दुखेकोमा पनि सिस्नो उपयोगी हुन्छ ।


सम्बन्धित शीर्षकहरु

जेन-जी आन्दोलनको दबाबपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद् विस्तारको प्रक्रिया सुरु गरेको छ। प्रधानमन्त्री कार्कीले पहिलो चरणमा…

खाडी सहयोग परिषद् (#GCC) देशहरूले #फिलिपिन्स सरकारले आफ्नो घरेलु कामदारहरूको तैनाथीको सम्बन्धमा घोषणा गरेको नयाँ आवश्यकताहरूप्रति चिन्ता व्यक्त गरेका छन्,…

पछिल्लो दुई दिनदेखि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भिडियो सन्देश पाकिस्तानको सामाजिक सञ्जालमा चर्चामा छ, जसमा उनले पाकिस्तान र ओसामा बिन…

प्रतिकृयाहरू
...