Monday 26th October 2026

ऱ्यापर यो यो हनि सिंह नयाँ गेट अपमा


तितोपाटी – ऱ्यापर सिंगरका नामले चर्चित हनी सिंह चार वर्षपछि नयाँ लुकका साथ म्युजिक भिडियोमा देखिने भएका छन् । जुन भिडियोमा हनी सिंगल रूपमा देखिनेछन् । हनीले आफ्नो पुनरागमनलाई चर्चित बनाउन अहिले उक्त नयाँ भिडियोको फर्स्ट लुक फेसबुकमा सेयर गरेका छन् ।

हनीले आफ्नो नयाँ लुकसहितको फोटो फेसबुकमा सेयर गरेपछि भारतीय संगीत दुनियाँमा सनसनी मच्चिएको छ । हनीको यो नयाँ लुकलाई अहिलेसम्म लाखौँ दर्शकले हेरेर मन पराएका छन् । हनी सिंहले फेसबुकमा उक्त म्युजिक भिडियोको फोटो सेयर गर्दै लेखेका छन्– यो हो हनी सिंहको फर्स्ट लुक, चार वर्षपछि म्युजिक भिडियोमा सिंगल आउँदै छु ।

हनी सिंहको यो नयाँ भिडियोको सुटिङ क्युबाको राजधानी हवानामा भइरहेको छ । यो भिडियो छिटै बजारमा आउने तहल्का मच्चाउने अड्कल काटिएको छ । यसभन्दा अधि हनी सिंहको ‘उर्वशी’ एल्बमले विश्वव्यापी रूपमा तहल्का मच्चाएको थियो ।

यो गीतलाई युट्युबमा विश्वभरिका पाँच करोडभन्दा बढी दर्शकले हेरेका थिए । यो गीतमा शाहिद कपुर र कियारा आडवानीले अभिनय गरेका थिए । सन् १९९४ मा प्रदर्शन भएको प्रभुदेवा र नगमाको सुपरहिट फिल्म ‘हमसे है ‘मुकाबला’को चर्चित गीत उर्वशीबाट लिइएको हो ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...