Monday 2nd March 2026

‘श्रीमानले विदेशमा कमाएको किन बचेन भनेर बल्ल बुझेँ’


सम्झना योञ्जन/सर्लाही -अहिले म ३४ वर्षकी भएँ । यतिका वर्षसम्म पनि केही गर्न सकिएन भनेर खुब पीर लाग्थ्यो पहिले त । तर हिजोआज मलाई अब चाहिँ केही गर्न सक्छु भन्ने आँट आएको छ । मेरो श्रीमान् युएई र कतारमा तीन पटक आवतजावत गरिसक्नुभयो । दुई देश घुमेर आउँदा पनि कमाइ चाहिँ हात लाग्यो शुन्य नै भयो । 

कमाएको किन बचेन भनेर पनि बुझिेको थिइन पहिला त । अहिले बल्ल थाहा हुँदैछ विदेशको कमाई नबच्नुको कारण । त्यो बेला मैले पनि खर्च गर्नमा कन्ञ्याइ नगर्ने । जोगाउने तिर पनि ध्यान त्यती दिँदैन थिएँ ।

तर जब वित्तीय साक्षरता कक्षामा बस्न थाले त्यसपछि पो थाहा भयो त । साक्षरता कक्षामा बसेर आम्दानी गर्ने र खर्च कम गर्नेबारे जानेपछि हिजोआज मलाई पहिले किन जोगाइएनछ भनेर मन पोल्छ । जे भएपनि अहिले आँखा खुलेको छ ।

अहिले त श्रीमान् पनि घरमै हुनुुहुन्छ तर उहाँलाई विदेश पठाउने योजना छ । विदेश त पठाउने तर योजना सहित । अब पहिलेजस्तो खर्च नगर्ने भन्नेर श्रीमानलाई पनि सिकाउनेछु ।

वित्तीय साक्षरता कक्षामा बस्न थालेदेखि मैले पनि बचत गर्न थालेको छु । घरबाट, खेतबारीबाट भएको आम्दानीबाट दैनिक ५० रुपैयाँ सहकारीमा बचत गर्छु । अनि खुत्रुके बचत पनि गर्न थालेको छु । आफूसँग भए पनि पहिले त बचत भन्दा खर्च कता गर्ने भन्ने ध्यान हुन्थ्यो हिजोआज कसरी जोगाएर बचत गर्ने भन्ने हुन्छ ।

साक्षरता कक्षामा बसेपछि मैले बचत गर्दाका फाइदा र नगर्दाका बेफाइदाका बारेमा सिकें । बचत गर्दा भोली परिआउने समस्याका बेलामा अरुको मुख ताक्नु नपर्ने र बचत भएपछि आफ्नो पनि आत्मविश्वास बढ्दो रहेछ ।

बचत गर्ने भनेर जहाँ पायो त्यही गर्ने होइन रहेछ । कानुनी मान्यता प्राप्त सहकारीहरुमा र बैंकहरुमा राख्नु पर्ने रहेछ । हामीले नगरी नहुने कुरा सिकाउने यो कक्षा मलाई एकदमै मन पर्छ । यो कक्षाले मेरो हरेक व्यवहार राम्रो बनाएको छ । अब श्रीमान् विदेश गएपछि उहाँले कमाको बचाउने र म आफैं घरखर्च पु¥याउने योजना बनाएको छु ।

(सम्झना योञ्जनसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।)

-उज्यालोअनलाइनबाट


सम्बन्धित शीर्षकहरु

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक…

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

प्रतिकृयाहरू
...