Wednesday 30th September 2026

साम्बा बनिन महिला फुटबल टिमको कप्तान


नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११ औं कप्तान सावित्रा भण्डारी “साम्बा” बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमार्फत उनले कप्तानी डेब्यु गरेकी हुन् । सन् १९८६ मा महिला एसियन कपमार्फत अन्तर्राष्ट्रिय महिला फुटबलमा डेब्यु गरेको नेपालका लागि यसअघि १० खेलाडीले कप्तानी गरिसकेका छन् । नेपाली खेलाडीहरु रमा सिंह, कमला हिराचन, मिरा चौधरी, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनु लामा, सजना राना, रेनुका नगरकोटे, निरु थापाले नेपाली रास्ट्रीय महिला फुटबल   टिमको कप्तानी गरिसकेका छन। पछिल्लो पटक कप्तानी गर्दै आएकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको स्थानमा सावित्रा भण्डारी “साम्बा” नयाँ कप्तान बनेकी हुन् ।

लाओस विरुद्ध खेलमा  एन्फाले सुरुमा  रनेुका नगरकोटीले कप्तानी गर्ने भन्दै पहिलो रोजाईँको टिम सार्वजनिक गरेको थियो । तर खेल सुरु हुने बेला सावित्राले  कप्तानको आर्मब्याण्ड लगाएर निस्केकी थिइन्  ।  रेनुकाले यसअघि नै नेपाली महिला टिमको कप्तानी गरिसकेकी छन् ।एन्जिला पहिलो रोजाईँमा नपरेपछि नेपालको कप्तान परिवर्तन हुनुका साथै अन्जना राना मगरले गोलपोष्ट सम्हालेकी छन् । यस्तै मिडफिल्डर सरस्वती हमालले यसै खेलमार्फत सिनियर टिममा डेब्यु गरेकी छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...