Sunday 7th September 2025

साम्बा बनिन महिला फुटबल टिमको कप्तान


नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११ औं कप्तान सावित्रा भण्डारी “साम्बा” बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमार्फत उनले कप्तानी डेब्यु गरेकी हुन् । सन् १९८६ मा महिला एसियन कपमार्फत अन्तर्राष्ट्रिय महिला फुटबलमा डेब्यु गरेको नेपालका लागि यसअघि १० खेलाडीले कप्तानी गरिसकेका छन् । नेपाली खेलाडीहरु रमा सिंह, कमला हिराचन, मिरा चौधरी, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनु लामा, सजना राना, रेनुका नगरकोटे, निरु थापाले नेपाली रास्ट्रीय महिला फुटबल   टिमको कप्तानी गरिसकेका छन। पछिल्लो पटक कप्तानी गर्दै आएकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको स्थानमा सावित्रा भण्डारी “साम्बा” नयाँ कप्तान बनेकी हुन् ।

लाओस विरुद्ध खेलमा  एन्फाले सुरुमा  रनेुका नगरकोटीले कप्तानी गर्ने भन्दै पहिलो रोजाईँको टिम सार्वजनिक गरेको थियो । तर खेल सुरु हुने बेला सावित्राले  कप्तानको आर्मब्याण्ड लगाएर निस्केकी थिइन्  ।  रेनुकाले यसअघि नै नेपाली महिला टिमको कप्तानी गरिसकेकी छन् ।एन्जिला पहिलो रोजाईँमा नपरेपछि नेपालको कप्तान परिवर्तन हुनुका साथै अन्जना राना मगरले गोलपोष्ट सम्हालेकी छन् । यस्तै मिडफिल्डर सरस्वती हमालले यसै खेलमार्फत सिनियर टिममा डेब्यु गरेकी छन् ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पातलो ढंगले धम्की दिएका छन्, यदि उनी कीभसँगको द्वन्द्वमा…

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविराम पछि २६ पश्चिमी देशहरूले युक्रेनमा सेना तैनाथ गर्न सहमत भएको बताएका छन्। म्याक्रोनका अनुसार, यी…

जेरुसेलम: इजरायलका अति-दक्षिणपन्थी अर्थमन्त्रीले बुधबार भने कि कब्जा गरिएको पश्चिम किनारको भूभाग कब्जा गर्न नक्सा बनाइँदैछ, प्यालेस्टिनीहरूले राज्यको लागि खोजिरहेको…

प्रतिकृयाहरू
...