Friday 26th June 2026

आईपियल २०२५को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुलाई


आईपियल २०२५  पंजाव  किंसलाई हराउदै रोयल च्यालेन्जर्स बेंगलुरुले  पहिलो पटक आइपिएल उपाधि जितेर इतिहास रचेको छ। मंगलबार सम्पन्न आइपिएल २०२५ को फाइनलमा बेंगलुरुले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै लामो समय देखि आइपिएल  जित्ने सपना पुरा  गरेको छ।अहमदाबादमा मंगलबार भएको फाइनल खेलमा बेंगलुरुले पहिले ब्याटिङ गर्दै २० ओभरमा १९०/९ को स्कोर बनाएको थियो ।

बेंगलुरुको लागि  विराट कोहलीले ३५ बलमा ४३ रन, रजत पाटिदारले २६ रन, लियाम लिभिङस्टोनले २५ रन र जितेन शर्माले २४ रन बनाएका थिए । पञ्जाब किंग्सका लागि अर्शदीप सिंहले ३ विकेट लिएका थिए ।जवाफी ब्याटिङमा आएको पञ्जाबले १८४/७ स्कोर मात्रै बनाउन सफल भएको थियो । जसका लागि शंकाक सिंहले नटआउट ६१ रन बनाएका थिए ।  बलिङमा बेंगलुरुका भुनवेश्वर कुमार र क्रुनाल पाण्ड्याले २-२ विकेट लिएका थिए ।

अहिलेसम्म मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले सबैभन्दा धेरै (५-५ पटक) उपाधि जितेका छन्। कोलकाता नाइट राइडर्सले ३ पटक, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरुले १-१ पटक उपाधि जितेका छन्।


सम्बन्धित शीर्षकहरु

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

प्रतिकृयाहरू
...