Saturday 7th June 2025

आईपियल २०२५को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुलाई


आईपियल २०२५  पंजाव  किंसलाई हराउदै रोयल च्यालेन्जर्स बेंगलुरुले  पहिलो पटक आइपिएल उपाधि जितेर इतिहास रचेको छ। मंगलबार सम्पन्न आइपिएल २०२५ को फाइनलमा बेंगलुरुले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै लामो समय देखि आइपिएल  जित्ने सपना पुरा  गरेको छ।अहमदाबादमा मंगलबार भएको फाइनल खेलमा बेंगलुरुले पहिले ब्याटिङ गर्दै २० ओभरमा १९०/९ को स्कोर बनाएको थियो ।

बेंगलुरुको लागि  विराट कोहलीले ३५ बलमा ४३ रन, रजत पाटिदारले २६ रन, लियाम लिभिङस्टोनले २५ रन र जितेन शर्माले २४ रन बनाएका थिए । पञ्जाब किंग्सका लागि अर्शदीप सिंहले ३ विकेट लिएका थिए ।जवाफी ब्याटिङमा आएको पञ्जाबले १८४/७ स्कोर मात्रै बनाउन सफल भएको थियो । जसका लागि शंकाक सिंहले नटआउट ६१ रन बनाएका थिए ।  बलिङमा बेंगलुरुका भुनवेश्वर कुमार र क्रुनाल पाण्ड्याले २-२ विकेट लिएका थिए ।

अहिलेसम्म मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले सबैभन्दा धेरै (५-५ पटक) उपाधि जितेका छन्। कोलकाता नाइट राइडर्सले ३ पटक, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरुले १-१ पटक उपाधि जितेका छन्।


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै…

यसपटक नेपालको बजेटमा सुनमा विलासिता कर घोषणा गरिएको छ। यसले नेपालमा तस्करी गरिएको सुन आउने सम्भावना बढाएको छ। सुन व्यवसायीहरू…

सिड्नी: आफ्ना अलग्गिएका पतिका तीन वृद्ध आफन्तहरूको हत्या गर्न विषालु च्याउ प्रयोग गरेको आरोप लागेकी एक अष्ट्रेलियाली महिलाले बुधबार घातक…

प्रतिकृयाहरू
...