Friday 4th September 2026

मानुषी घोषले जीतिन इन्डियन आइडलः१५ को उपाधी


कोलकाताकी मानसी घोष गायन रियालिटी शो इन्डियन आइडलः १५ को विजेता घोषित भएकी छन् ।

फाइनलमा पुग्ने उत्कृष्ट पाँच प्रतियोगीमध्ये खड़गपुरका सुभाजित चक्रवर्ती दोस्रो र मुम्बईका स्नेहा शंकर तेस्रोस्थानमा राख्दै उनी प्रथम भएकी हुन्। फाइनलमा मानसी, सुभाजित र स्नेहा शंकरबीच कडा प्रतिस्पर्धा भए पनि जनताको भोटका आधारमा मानसी विजयी घोषित भएकी हुन् ।

पुरस्कार स्वरूप उनले विजयी ट्रफीसहित २५ लाखको चेक र कार प्राप्त गरेकी छिन भने दोस्रो र तेस्रो हुने क्रमशः सुभाजित र स्नेहाले ५–५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यस वर्ष शोको फाइनलमा बंगालको दबदबा देखियो। शीर्ष पाँच सहभागी मध्ये तीनजना त पश्चिम बंगालका थिए। मानसी र सुभाजितको मित्रता शोमा आउनु अघिको हो र शोमा दुवैले एकअर्कालाई दाजुभाइ र बहिनीको रूपमा मान्न गर्दथे।

विजेता बनेपछि मानसीले भनिन्, ‘मैले यो ट्रफी जितेको छु भनेर अझै पत्याउन सकिरहेको छैन। म भाग्यमानी छु कि मलाई मेरा आमाबुवा, गुरु, दर्शक र निर्णायकबाट यति धेरै माया मिलेको छ। अहिले मेरो दिमागमा धेरै कुरा चलिरहेको छ र म केही भन्न सक्दिन।’

२४ वर्षीया मानसीलाई बाल्यकाल देखि नै नाच र गाउन दुवैको मन थियो । तर, उनले नृत्यभन्दा गायन रोजे र इन्डियन आइडल बनेर आफूलाई प्रमाणित गरे । अब उनी संगीत क्षेत्रमा थप करियर बनाउन मुम्बई मै बस्ने योजनामा ​​छिन् ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म ७ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।…

नेपालमा पछिल्लो बाढी तथा पहिरोपछि ठूलो संख्यामा मानिस बेपत्ता भएका र केही शव तथा मानव अवशेष क्षतविक्षत अवस्थामा फेला परेका…

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

प्रतिकृयाहरू
...