Wednesday 21st October 2026

मानुषी घोषले जीतिन इन्डियन आइडलः१५ को उपाधी


कोलकाताकी मानसी घोष गायन रियालिटी शो इन्डियन आइडलः १५ को विजेता घोषित भएकी छन् ।

फाइनलमा पुग्ने उत्कृष्ट पाँच प्रतियोगीमध्ये खड़गपुरका सुभाजित चक्रवर्ती दोस्रो र मुम्बईका स्नेहा शंकर तेस्रोस्थानमा राख्दै उनी प्रथम भएकी हुन्। फाइनलमा मानसी, सुभाजित र स्नेहा शंकरबीच कडा प्रतिस्पर्धा भए पनि जनताको भोटका आधारमा मानसी विजयी घोषित भएकी हुन् ।

पुरस्कार स्वरूप उनले विजयी ट्रफीसहित २५ लाखको चेक र कार प्राप्त गरेकी छिन भने दोस्रो र तेस्रो हुने क्रमशः सुभाजित र स्नेहाले ५–५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यस वर्ष शोको फाइनलमा बंगालको दबदबा देखियो। शीर्ष पाँच सहभागी मध्ये तीनजना त पश्चिम बंगालका थिए। मानसी र सुभाजितको मित्रता शोमा आउनु अघिको हो र शोमा दुवैले एकअर्कालाई दाजुभाइ र बहिनीको रूपमा मान्न गर्दथे।

विजेता बनेपछि मानसीले भनिन्, ‘मैले यो ट्रफी जितेको छु भनेर अझै पत्याउन सकिरहेको छैन। म भाग्यमानी छु कि मलाई मेरा आमाबुवा, गुरु, दर्शक र निर्णायकबाट यति धेरै माया मिलेको छ। अहिले मेरो दिमागमा धेरै कुरा चलिरहेको छ र म केही भन्न सक्दिन।’

२४ वर्षीया मानसीलाई बाल्यकाल देखि नै नाच र गाउन दुवैको मन थियो । तर, उनले नृत्यभन्दा गायन रोजे र इन्डियन आइडल बनेर आफूलाई प्रमाणित गरे । अब उनी संगीत क्षेत्रमा थप करियर बनाउन मुम्बई मै बस्ने योजनामा ​​छिन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...