Friday 16th January 2026

हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण जारी, ५३ जनाको मृत्यु


यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि अमेरिकाले भिषण आक्रमण शुरु गरेको छ ।

अमेरिकाले हुथी विद्रोहीहरूलाई सैन्य र व्यावसायिक जहाजहरूमा आक्रमण गर्नबाट रोक्न विश्वको सबैभन्दा व्यस्त ढुवानी करिडोरहरू मध्ये एकमा हवाई आक्रमण सुरु गरेको हो । अमेरिकी आक्रमणमा महिला र बालबालिकासहित कम्तिमा ५३ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । आक्रमणबाट हुथीहरूको मुख्य गढ मानिने साना र सादा जस्ता क्षेत्रहरूमा पनि मानिसहरू घाइते भएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमण हुथी विद्रोहीहरूले अब त्यसो गर्ने क्षमता नराखेसम्म जारी रहने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीहरूले आफ्नो आक्रमण बन्द गरेनन् र इरानलाई जिम्मेवार ठहर गरेनन् भने अमेरिकाले ‘अत्यधिक घातक शक्ति’ प्रयोग गर्ने बताएका छन् ।

हुथी विद्रोहीहरूले लाल सागरमा अन्तर्राष्ट्रिय ढुवानीलाई बारम्बार निशाना बनाउने गरेका छन् । हालै उनीहरुले दुईवटा जहाज पनि डुबाइदिएका छन् । हुथी विद्रोहीहरूले यसलाई प्यालेस्टाइनसँगको ऐक्यबद्धताको प्रदर्शनको रूपमा आफुहरुले यी आक्रमण गरेको बताउदै आएका छन् ।

अमेरिकाले हाल शुरु गरेको हुथी विद्रोहीहरू विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण हो । अमेरिकी अधिकारीहरूले यस आक्रमणमा धेरै हुथी नेताहरूलाई निशाना बनाइएको बताएका छन् । यसैबीच, हुथी विद्रोहीहरूले अमेरिकी आक्रमणको जवाफ दिने धम्की दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...