Saturday 11th January 2025

जनताको अभिमत लाई सम्मान गर्ने अमेरिकी अदालतको एउटा ताजा फैसला


अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पोर्न स्टारलाई उनको विरुद्ध नबोल्नका लागि तिरेको मौन पैसाबाट उत्पन्न भएको आपराधिक अभियोगको नब निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प जेल जाने छैनन्, जरिवाना तिर्ने छैनन् वा परीक्षणकालमा राख्ने छैनन् तर शुक्रबार न्यायाधीशले लगाएको सजायले उनको रेकर्डमा दोषीको भएको फैसला भने राख्नेछ ।

जनवरी २० मा उनको शपथग्रहण हुनुभन्दा केही दिन अघि न्यायाधीश जुआन मर्चनले ७८ वर्षीय ट्रम्पलाई बिना शर्त रिहा गर्ने सजाय सुनाउँदा ह्वाइट हाउस पुनः कब्जा गर्ने उनको प्रयासमाथि लागेको मुद्दा बन्द हुन्छ। निरर्थक रिहा दिएर, मर्चनले ट्रम्पको स्थायी रेकर्डमा अन्य कुनै कानुनी सजाय बिना नै दोषीको फैसला राख्छन्। ट्रम्प आपराधिक अभियोगसहित पदभार ग्रहण गर्ने पहिलो राष्ट्रपति हुनेछन्।

यो फैसला लाई रबि लामिछानेको मुद्धामा जोडेर हेरौ । उनी नेपाल को सवै भन्दा धेरै लोकप्रिय मत ल्याएर निर्वाचित सांसद हुन । उनले दोश्रो पटक चुनावमा आफ्नै रेर्कड ब्रेक मत पाएका थिए । उनलाई राज्य ले सहकारी ठगी को आरोपी बनाएर मुद्धा चलायो । नेपाल को संसदीय समितीको प्रतिबेदन ले उनको संलघनता नभएको प्रतिवेदन बुझाए पनि सरकार मानेनन । अघिल्ला दुवै प्रधानमन्त्री ले पनि उनको सहकारी ठगीमा संलघन छैनन भनेर सदनमा बोले । आफ्नै बोली लाई शुन्य महत्व बनाएर ओली सरकारले रबि विरुद्ध मुद्धा दायर गरयो र ८४ दिन सम्म हिरासद मा राख्यो । हिरासदमा कसलाई र कस्ता मानिस लाई किन राख्ने भन्ने कानूनी प्रावधान समेत प्रष्ट हुदाहुदै सरकारले जवरजस्ती प्रतिशोधपूर्ण रबैया देखायो ।

जनताको लोकप्रिय मत पाएका र भविश्यका लागि देशको नेतृत्व गर्न सक्ने संभावित नेताको राजनैतिक चिरहरण गर्ने सरकारी रबैया सत्ता र शक्ति को दुरुपयोग शिवाय केही थिएन भन्ने मा लगभग बौद्धिक जगत सहमत छ । यस्तो गरिनु प्रजातन्त्रमा हुदैन । जेल वा हिरासत अन्तिम अपसन हो । नत्र थुन्नै पर्ने अवस्था नहुदा सम्म नथुन्नु भन्ने कानूनी मनशाय समेतको धज्जी उडाएर ओली सरकारले जे गरयो त्यसले अन्तत जनतामा रास्वपा प्रति समर्थन बढाएर लगेको छ । त्यसमाथि सभामुखद्धारा हतार हतार उनको संसदिय सदस्यता समेत निलम्बन गर्नु ले सरकारको मनशाय कस्तो छ भन्ने देखिन्छ । ट्रम्प दोषी ठहर भए । तर उनले जेल बस्नु परेन, जरिमाना तिर्न परेन । उनको कुनै संबैधानिक वा राजनैतिक हैषियत गुमाउन परेन । किनकी उनलाई जनताले राष्ट्रपति मा चुने । अमेरिकाको अदालतले जनमतको सम्मान गर्दै उनको विरुद्धमा फैसला सुनायो । जुन फैसला एउटा रेर्कड का लागि मात्र अर्थपूर्ण हुन गयो ।

रबि लाई जनताले आशाको केन्द्र मानेका छन । उनलाई युवाहरुको बीचबाट देशको भविश्य खोज्ने नेताका रुपमा हेरेका छन तर उनी माथि राजनितीमा आउन पूर्वका उनको मिडिया हाउसमा रहदाका कुरा कोटयाएर , मुख्य दोषी आफैले भगाएर उनलाई निमोठ्ने जुन कोशीष गरियो यो प्रजातान्त्रिक मुलुकमा कहि नहुने काम हो । पाकिस्तानी मोडेलको प्रजातन्त्र बनाउने र मुलुकमा प्रजातन्त्रको कार्यन्वायन विफल बनाउने प्रयास भयो ।


सम्बन्धित शीर्षकहरु

जर्मनीको रामस्टेन एयर बेस: बसर अल असदको सरकारलाई अपदस्थ गरेपछि दाइस समूह (जसलाई आईएसआईएस पनि भनिन्छ) लाई प्रमुख खतराको रूपमा…

विस्कॉन्सिन विश्वविद्यालय-म्याडिसनका इन्जिनियरहरूले फ्युजन रिएक्टर भित्रको कठोर अवस्थाको सामना गर्न सक्ने नयाँ वर्कहर्स सामग्री उत्पादन गर्न स्प्रे कोटिंग प्रविधि प्रयोग…

च्याट जीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यानलाई उनकी बहिनीले यौन शोषणको आरोप लगाएकी छन्। यस मामिलामा सामकी बहिनी एन ओल्टम्यानले…

प्रतिकृयाहरू
...