Sunday 30th August 2026

एउटा सानो टापु राष्ट्रमा ७.३ को भुकम्प


दक्षिण प्रशान्त महासागरमा रहेको एउटा सानो टापु राष्ट्र भानुआटु मा ७।३ रेक्टर स्केलको भुकम्प गएको छ । जसका कारण कयौ घरहरु समथल बनेका छन भने ठुलो धनजनको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । विद्युत आपुर्ति र सञ्चार विच्छेदका कारण एकिन विवरणहरु प्राप्त हुन नसकेको बताईन्छ ।

राजधानी पोर्ट भिलाबाट करिब ३० किलोमिटर पश्चिमा भुकम्पको केन्द्र विन्दु रहेको समाचार मा जनाईएको छ । भुकम्पको गहिराई ५७ किलोमिटर रहेको छ । भुकम्पका कारण सडकहरुमा चिरा परेका छन भने ठाउँ ठाउँमा पहिरो गएको छ । शुरुवातमा सुनामीको चेतावनी जारी गरिए पनि पछि त्यो चेतावनीलाई रद्ध गरिएको छ ।

स्थानिय रेडक्रस र स्वयं सेवकहरु उद्धार कार्यमा संलग्न भएका छन । घटना पछि तुरुन्तै अष्ट्रेलिया र त्युजिल्याण्डले सहयोगको लागि प्रतिबद्धता जनाएका छन । राजधानीको धावन मार्गमा भएको क्षतिका कारण उडानहरु लाई पनि असर गरेको छ । यसरी नै अमेरिकी, फ्रान्सेली, न्युजील्याण्डका दुतावासहरुमा पनि क्षति पुगेकोछ । मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ र त्यहाँ पराकम्पनहरु गई रहेका छन ।


सम्बन्धित शीर्षकहरु

डिजिटल वित्तीय प्रणालीको तीव्र विकाससँगै क्रिप्टोकरेन्सी विश्वभर लोकप्रिय बन्दै गएको छ। छिटो, सीमापार र मध्यस्थ निकायविना कारोबार गर्न सकिने सुविधाका…

धमिलो दृष्टि (Blurred Vision) आँखासम्बन्धी सबैभन्दा सामान्य समस्यामध्ये एक भएको र यसलाई बेवास्ता गर्दा गम्भीर स्वास्थ्य समस्या लुकिरहेको हुन सक्ने…

इरानसँगको युद्ध छ महिनामा प्रवेश गर्दा खाडी क्षेत्रको ऊर्जा उद्योगमा गम्भीर असर परेको छ। युद्ध सुरु भएयता विश्व बजारमा ब्रेन्ट…

प्रतिकृयाहरू
...