Monday 16th February 2026

इजिफ्टमा ७५ जनालार्इ मृत्युदण्ड दिइएको अदालतद्वारा पुष्टी


तितोपाटी – इजिप्टमा सन् २०१३ मा एउटा विरोधप्रदर्शनको क्रममा सुरक्षाफौजद्वारा सयौँ प्रदर्शनकारीहरू मारिएको मुद्दाको सुनुवाइका सिलसिलामा ७५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको त्यहाँको एउटा अदालतले पुष्टि गरेको छ। अन्य ४७ जनालाई आजीवन काराबासको सजाय सुनाएको छ। सजाय पाउनेमा इस्लामवादी नेताहरू पनि छन्।

सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरिएपछि मुस्लिम ब्रदरहुडले विरोधप्रदर्शन गर्ने क्रममा हिंसा भड्किएको थियो। सो सामूहिक सुनुवाइका क्रममा एकजना फोटोपत्रकारसहित सात सयभन्दा धेरैलाई जेलसजाय पनि सुनाइएको छ।

सुनुवाइका क्रममा सजाय सुनाइएहरूमाथि हिंसा भड्काएको, हत्या तथा गैरकानुनी प्रदर्शनहरूको आयोजना गरेकोजस्ता सुरक्षासम्बन्धी अपराधहरू गरेको आरोप लागेको थियो।

सन् २०१३ मा राजधानी कायरोस्थित रबा अल-दविया स्केवयरमा भएको विरोधप्रदर्शनका क्रममा सुरक्षाकर्मीहरूद्वारा सयौँ जना मारिएका थिए।

मानवअधिकारवादी समूह ह्युमन राईट्स वाचले सुरक्षाकर्मीहरूद्वारा कम्तीमा ८१७ जनाको हत्या गरिनु ‘सम्भवतः मानवताविरोधी एउटा अपराधसरह’ भएको जनाएको छ। एमनेस्टी इन्टरन्याश्नलले उक्त सुनुवाइलाई, पूर्ण रुपमा असमान तथा इजिप्टको संविधानको उल्लङ्घन भनेको छ।

गत जुलाई महिनामा नै ७५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो तर शनिवार सो सजाय दिइएको पुष्टि भएको हो। साथै थप फैसलाहरू सुनाइएसँगै उक्त सामूहिक सुनुवाई टुंगिएको छ। हाल प्रतिबन्धित मुस्लिम ब्रदरहुडका प्रमुख सदस्यहरू तथा नेताहरूलाई जेल सजाय सुनाइएको छ।

इजिप्टका तत्कालीन सैन्य प्रमुख तथा वर्तमान राष्ट्रपति अब्देल फतह अल सीसीले प्रजातान्त्रिक रूपमा निर्वाचित भूतपूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई बर्खास्त गरेको एक महिनापछि भएको मोर्सीपक्षीय प्रदर्शनलाई तितरबितर पार्ने क्रममा सैनिक तथा प्रहरीहरूले सयौँ जनालाई पक्राउ परेका थिए। तर त्यतिबेला धेरैजसो प्रदर्शनकारीहरूसँग हातहतियार भएको र ४३ जना प्रहरी मारिएको इजिप्टको सरकारले बताउँदै आएको छ।

मुस्लिम ब्रदरहुडलाई त्यहाँको सरकारले आतंकवादी संगठन घोषणा गरिसकेको छ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...