Friday 9th October 2026

युरो कपको फाइनलमा इङ्ल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुने


इंग्ल्यान्ड लगातार दोस्रो पटक यूरो कपको फाइनल पुगेको छ । बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।

बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेन फ्रान्सलाई २–१ गोलले नै पराजित गर्दै फाइनल पुगिसेको छ ।
दोस्रो सेमिफाइनलमा सुरुवाती अग्रता लिएको नेदरल्यान्ड्सलाई रोक्दै इंग्ल्यान्ड फाइनलमा पुगेको हो ।

इंग्ल्यान्डका लागि ओली वाटकिन्सले दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै फाइनल यात्रा निस्चित गरेका हुन् ।

खेलको सातौं मिनेटमा नेदरल्यान्ड्सका जावी सिमोन्सले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमै इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पेनाल्टी गोल गर्दै खेल बराबरीमा फर्काए ।

इंग्ल्यान्डका कप्तान केनलाई नेदरल्यान्डस्का डेनजेल डम्फ्रिजले फउल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै खेल केनले खेल बराबरीमा फर्किएका थिए ।

खेल अवधिभर खेल बराबरीमै सम्पन्न हुनै लाग्दा दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा ओलीले गोल गर्दै इंग्ल्यान्डलाई फाइनल पुर्याएका हुन् ।


सम्बन्धित शीर्षकहरु

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...