Thursday 27th November 2025

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १५ औं स्थापना दिवस २ अगष्टमा मनाउने


कुवेत- नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १५ औं स्थापना दिवस आगामी २ अगष्टमा मनाउने भएको छ । कुवेतको सालमियास्थित गोर्खा किचनको सभाहलमा अध्यक्ष एकराज मल्लको अध्यक्षतामा आज बसेको बैठकले १५ औं स्थापना दिवस तथा स्व. माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कार वितरण साथै अन्तरक्रिया विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।

ऐरावती गाउँपालिका-४, प्यूठान स्थायी घर भई रोजगारका लागि कुवेत आएका पत्रकार माधव शाहीको ३६ वर्षको उमेरमा १४ अक्टोवर २०२१ मा निधन भएको थियो । उनको सम्झनामा स्व. माधव शाही स्मृति पत्रकारिता कोष खडा गरिएको थियो । सोही कोषबाट कुवेतमा रहेर सकृय रुपमा पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन र हौसला स्वरुप महासंघले स्थापना दिवसको अवसरमा पुरस्कृत गर्दै आएको छ ।

माधव शाही स्मृति पुरस्कार छनोटका लागि संरक्षक जय आलेको सम्योजकमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा एकराज मल्ल र लोमश बास्तोला रहेका छन ।


सम्बन्धित शीर्षकहरु

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद…

लिउड अभिनेता धर्मेन्द्रले अब संसारलाई बिदाइ दिएका छन्। धर्मेन्द्र केवल अभिनेता मात्र थिएनन्, राजनीतिज्ञ पनि थिए। उनले बीकानेरबाट संसदीय चुनाव…

कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर…

प्रतिकृयाहरू
...