Tuesday 8th September 2026

गुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु


गुल्मीमा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जे, ठाँटीस्थित भेषबहादुर विकको घर पहिरोले घर पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, २६ वर्षीया बुहारी सीता विक, नातिनीहरू ७ वर्षकी सपना विक र ८ महिनाकी विपना विकको मृत्यु भएको हो।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोले जनधनको व्यापक क्षति पुर्‍याइरहेको छ । देशका विभिन्न नदीहरूमा बाढीको जोखिम समेत बढेको छ । बाढी पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गर्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

उता बागलुङमा गएराति गएको पहिरोले घर पुरिँदा गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्ती विकको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

त्यस्तै पहिरोले घर बगाउँदा स्याङ्जामा आमा छोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका वडा नम्बर ५ बाँगे स्थित घरमा सुतिरहेकी ३१ वर्षीय दुर्गा जिटी र उनकी ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

नेपालमा हालै आएको दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय झापाली समाज (IJS) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

प्रतिकृयाहरू
...