Friday 18th October 2024

विश्वकप क्रिकेटमा भारतको विजयी सुरूवात


आइसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ । न्यूयोर्कको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधवार भएको पहिलो खेलमा भारतले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा ९६ रनमा अलआउट भयो । जवाफमा भारतीय टोलीले १२.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । ऋषभ पन्तले १३ औं ओभरमा ब्यारी म्याकार्थीलाई रिभर्स स्कूपमा छक्का प्रहार गरेर खेलको अन्त्य गरे । भारतका लागि कप्तान रोहित शर्माले ५२ रन बनाए । तर, उनी चोटग्रस्त भएपछि रिटायर्ड भएर क्रिज बाहिर गएका थिए । उनको चोटको गम्भीरता अझै थाहा हुन सकेको छैन । अब भारतीय टोली समूह ‘ए’ मा दुई अंक जोडेर शीर्ष स्थानमा पुगेको छ । भारतको अर्को खेल जुन ९ मा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग हुनेछ ।

भारतले आयरल्याण्डलाई ४६ बल बाँकी राख्दै पराजित गरेको थियो । टी-२० अन्तर्राष्ट्रियमा बल बाँकी रहेको भारतको यो चौथो ठूलो जित हो । भारतले सन् २०२१ मा दुबईमा स्कटल्याण्डलाई ८१ बल बाँकी रहँदा पराजित गरेको थियो । भारतीय टोलीको आयरल्याण्ड विरुद्धको यो लगातार आठौं जित पनि रहेको छ । भारतले बंगलादेशविरुद्धको लगातार सबैभन्दा धेरै जितको कीर्तिमान बराबरी गरेको छ । भारतले सन् २००९ देखि २०१८ सम्म बंगलादेशविरुद्ध लगातार आठ टी-२० अन्तर्राष्ट्रिय खेल जितेको थियो ।

रोहित शर्माले टस जितेर आयरल्याण्डलाई ब्याटिङको निम्तो दिएका थिए । भारतका हार्दिक पाण्ड्याले २७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिँदा अर्शदीप सिंहले ३५ रन खर्चिएर २ विकेट हात पारे । भारतीय बलरको कसिलो बलिङ सामु आयरल्याण्डको इनिङ्स १६ ओभरमा ९६ रनमा समेटिएको थियो । आयरल्याण्डका लागि ग्यारेथ डेलानीले सर्वाधिक २६ रन बनाए ।

तेस्रो ओभरको पहिलो बलमा अर्शदीपले डिसेम्बर २०२२ पछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका ऋषभ पन्तको हातमा आयरल्यान्डका कप्तान पाउल स्टर्लिङ (२) को क्याचमा आउट भए । पछिल्लो टी-२० विश्वकपमा १० विकेट लिएका अर्शदीपले ओभरको अन्तिम बलमा बलबर्नी (५) लाई आउट गर्दै आयरल्यान्डको ओपनिङ जोडीलाई पभेलियन पठाए ।

जसप्रित बुमराहले पहिलो ओभरमै आफ्नो छाप छोडे । उनले पहिलो ओभर मेडन राखेका थिए । पावरप्लेमा आयरल्याण्डले दुई विकेट गुमाएर २६ रन बनाएको थियो । हार्दिक पाण्ड्याले आफ्नो पहिलो ओभरमा लोर्कन टकरलाई बोल्ड गरे । उनले १३ बलमा १० रन बनाए । बुमराहले अर्को ओभरमा ह्यारी टेक्टर (४) कोहलीको हातमा कैच लिएर आयरल्याण्डलाई समस्यामा पारेका थिए ।

कुनै बेला आयरल्याण्डको स्कोर दुई विकेटमा २८ रन थियो तर हार्दिकको बलिङका कारण आठ विकेटमा ५० रन पुगेको थियो । यस अवधिमा हार्दिकले तीन विकेट लिए । यसै क्रममा अक्षर र सिराजले एक-एक विकेट लिए । आईपीएल खेल्ने आयरिश बलर जोस लिटिलले दुई चौका प्रहार गरे । उनले डेलानीसँग २७ रनको साझेदारी गरे । डेलानीले पनि यस अवधिमा हार्दिकलाई छक्का प्रहार गरे, तर बुमराहले आक्रमणमा फर्कने बित्तिकै लिटिल (१४) लाई आउट गरे । अर्शदीपको ओभरमा डेलानीले एक छक्का र दुई चौका प्रहार गरे पनि सोही ओभरको अन्तिम बलमा रनआउट भए पनि उनले १४ बलमा दुई चौका र दुई छक्काको मद्दतले २६ रन बनाए ।

९७ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीले रोहितसँग ओपनिङ गर्न आएका विराट कोहली (१)को विकेट छिट्टै गुमाउनुपरेको थियो । रोहित शर्माले रिटायर हर्ट हुनुअघि ३७ बलमा ५२ रन बनाएर भारतलाई सहज जित नजिक लगेका थिए । डिसेम्बर २०२२ पछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै आएका ऋषभ पन्तले छक्का प्रहार गरेर भारतलाई जित दिलाएका थिए । उनले २६ बलमा ३६ रनको नटआउट पारि खेले । भारतले १२.२ ओभरमा दुई विकेट गुमाएर ९७ रन बनायो।

यसैबीच, भारतीय कप्तान रोहित शर्माले टी-२० अन्तर्राष्ट्रियमा आफ्नो ४ हजार रन पुरा गरेका छन् । विराट कोहलीपछि यस्तो गर्ने उनी दोस्रो भारतीय हुन् । पन्तले ७.५ ओभरमा म्याकार्थीलाई चौका प्रहार गर्दै भारतलाई ५० रनमा पुर्याएका थिए । पन्तले पनि टी-२० अन्तर्राष्ट्रियमा १ हजार रन पनि पूरा गरेका छन् । त्यसपछि रोहितले आफ्नो परिचित शैलीमा लिटिलको पुल शटमा छक्का प्रहार गरे । उनले अर्को बलमा छक्का प्रहार गरे र टी-२० विश्वकपमा आफ्नो एक हजार रन पूरा गरे । उनले आफ्नो ६०० अन्तर्राष्ट्रिय छक्का पनि पूरा गरेका छन् ।

रोहितले अडायरको फुल टसमा चौका प्रहार गर्दै ३६ बलमा आफ्नो ३० औं टी-२० अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरे । विराट कोहली सन् २०१२ देखि २०२२ सम्मका पाँच विश्वकपमा अर्धशतक बनाउने पहिलो भारतीय ब्याट्सम्यान थिए तर यसपटक रोहित शर्माले यो उपलब्धि हासिल गरेका छन् । रोहितले १० औं ओभरमा ३७ बलमा ५२ रन बनाएपछि रिटायर्ड हर्ट भएका थिए । नवौं ओभरमा लिटिलको बल उनको काँधमा लागेको थियो । उनी पछि क्रिजमा आएका सूर्यकुमारलाई ह्वाइटले सूर्यकुमार (२) रनमै आउट गरेका थिए । आयरल्याण्डका मार्क एडिएर र बेन ह्वाइटले समान एक एक विकेट लिए ।


सम्बन्धित शीर्षकहरु

सियोल: उत्तर कोरियाले मङ्गलबार दुई कोरियाबीचको कडा सुदृढ सिमानाको आफ्नो छेउमा रहेको अन्तर-कोरियाली सडक र रेल लाइनका भागहरू विस्फोट गराएको…

वैज्ञानिक अनुसन्धानकर्ताहरूले कोरल संरक्षणमा भविष्यमा योगदान पुर्‍याउने प्रयासमा उच्च ताप सहिष्णुताको सामना गर्न कोरलहरूलाई सफलतापूर्वक प्रजनन गरेका छन्। न्यूक्यासल युनिभर्सिटीको…

भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तान पुगेका छन्। शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन विदेशमन्त्री जयशंकर पाकिस्तानको इस्लामावाद पुगेको…

प्रतिकृयाहरू
...