Sunday 13th July 2025

आइपिएलको फाइनल आज, कोलकोता र सनराइजर्स भिड्दै


इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनको आज फाइनल खेल हुँदैछ ।

यस सिजनको फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुने छ ।

कोलकोता समुह चरणमा शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायरमा सनराइजर्सलाई नै पराजित गरेर फाइनलमा पुगेको हो ।

कोलकोता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरि दुई पटक आइपिएलको उपाधि जितेको छ । त्यस्तै कोलकोता २०२१ मा उपविजेता बनेको थियो ।

त्यस्तै सनराइजर्स अंक तालिकामा दोस्रो स्थानमा रहदै पहिलो क्वालिफायरमा कोलकोतासँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो । दोस्रो क्वालिफायरमा सनराइजर्सले राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ । २०१३ देखि आइपिएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो ।

प्रमुख खेलाडी

कोलकोताका लागि यस सिजनमा सुनिल नारानले शानदार प्रदर्शन गरेका छन् । उनले यस सिजनमा ४८२ रन बनाएका छन् भने १६ विकेट समेत लिएका छन् । त्यस्तै कोलकोताका लागि आन्द्रे रसेलले २२२ रन बनाएका छन् भने १६ विकेट समेत लिएका छन् ।

कोलकोताका लागि यस सिजनमा वरुण चक्रवर्तीले पनि २० विकेट लिएर राम्रो योगदान दिएका छन् । त्यस्तै बलर हर्षित रानाले १७ विकेट लिएर कोलकोताको बलिङ बलियो बनाएका छन् भने रिंकु सिंह, कप्तान श्रेयस अय्यर, वेंकटेस अय्यरले मिडल अर्डरलाई बलियो बनाएका छन् ।

त्यस्तै सनराइजर्सका प्रमुख खेलाडीमा ओपनरद्वय ट्राभिस हेड र अभिषेक शर्माले यस सिजन शानदार शुरुवात दिएका छन् । हेडले यस सिजनमा ५६७ रन बनाएका छन् भने अभिषेक शर्माले ४८२ रन र २ विकेट लिएका छन् । त्यस्तै हेनरिक क्लासेनले पनि यस सिजनमा उत्कृष्ट ब्याटिंग गर्दै ४६३ रन बनाएका छन् ।

त्यसैगरी कप्तान पाट कमिन्सले अहिलेसम्म १७ विकेट लिएका छन् भने टी नटराजनले १९ विकेट लिएका छन् ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको…

नारायण कोइराला - गुलेली काव्य "लक्ष्य" को तानसेन पाल्पामा लोकार्पण भएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको आयोजना…

झापाली समाज कुवेत को छैटौँ अधिवेशन कुवेत मङ्गाफस्थित डिलाईट हलमा कार्यवाहक अध्यक्ष लिला पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली…

प्रतिकृयाहरू
...