Friday 30th October 2026

नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा


कुवेत – नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमालको साथमा यही ३१ मे २०२४ हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक दामोदर बटलाले जानकारी दिएका छन ।

कुवेतस्थित जिलिबको इन्डियन स्कुल संगै रहेको स्पायर स्कुलको सभाहलमा चर्चित अतिथि कलाकार गायक शिव परियार र गायिका रचना रिमालको साथमा स्थानीय कलाकारको समेत सांगीतिक प्रस्तुती रहने छ । कुवेत नगरीमा सन् २०१४  मा ‘समाज र देश निर्माणका लागि यूवा एकता’ भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले पहिलो, दोश्रो, तेश्रो र चौथो सांगीतिक धमाका चर्चित कलाकारको साथमा सम्पन्न गरिसकेको छ । स्थापना  कालदेखी नै बिभिन्न सामाजिक कार्यमा सस्था सक्रिय छ ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ – संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ – संस्था वा व्यक्ति विशेषले कार्यक्रम नजुधाईदिन समेत आयोजकले अनुरोध गरेको छ ।
 


कार्यक्रमको विवरण :

मितिः ३१ मे २०२४ 

स्थान: स्पायर इन्डियन स्कुल जिलिब

समयः बिहान ११ बजे देखी 

आयोजक : नेपाल कुवेत सरोकार समाज


सम्बन्धित शीर्षकहरु

इजरायलको आमनिर्वाचनको अन्तिम नतिजाले कुनै पनि राजनीतिक पक्षलाई स्पष्ट बहुमत नदिएपछि सरकार गठनको प्रक्रिया जटिल बनेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको…

इजरायलको संसदीय निर्वाचनको नतिजा अझै अन्तिम रूपमा सार्वजनिक हुन बाँकी रहेका बेला कतारले इजरायली निर्वाचनमा हस्तक्षेप गरेको आरोपलाई अस्वीकार गरेको…

युक्रेनको मध्य क्षेत्रस्थित ड्निप्रो शहरको मुख्य रेलस्टेशनमा बिहीबार बिहान भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने…

प्रतिकृयाहरू
...