Friday 7th November 2025

नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१ मा गर्ने


कुवेत/नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो 31 मे 2024 शूक्रबार को दिन नेपालबाट आमन्त्रित ख्यातिप्राप्त अथिति कलाकारहरु गायक गायिका शिब परिवार र रचना रिमाल लाई कुवेत ल्याउने भएको कार्यक्रम संम्योजक दमोदर बाटलले मिढिया संग कुराकानीमा बताए।

प्रत्येक बर्ष सांगीतिक कार्यक्रम संगै नेपालमा सामाजिक काम पनि गर्दै आइरहेको समाजले यसअघी पनि नेपालको बहुचर्चित गायक अतिथी कलाकारहरु गायक डम्बर नेपाली, गायक बिजय लामा, गायिका सावित्री जोशी, गायिका ज्योति मगर, राजेश पायल राई,मेचु धिमाल, प्रमोद खरेल,को साथमा भब्य साङ्गीतिक कार्यक्रमहरु गरी सकेको छन।

उक्त दिन हुने सांगीतिक कार्यक्रमा कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन आयोजकले आग्रह गरेको छ। उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रह गरेका छन।

कार्यक्रमको विवरण:

मितिः- मे 31 तारिक 2024 शुक्रबार

स्थानः- अस्पाएर ईण्डियन सेन्टरल स्कुल, जिलिप

समयः- बिहान ११ बजेदेखी

आयोजक :- नेपाल कुबेत सरोकार समाज


सम्बन्धित शीर्षकहरु

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

प्रतिकृयाहरू
...