Monday 17th August 2026

गोबिन्द राज ओझा ( राजन) को गीति कविताः म देशको सिपाही…


म देशको सिपाही भएको छु
म देशलाई बनाउँछु
सबैको आँखाको आशाको किरण बनेको छु
यो देशको झन्डा माथि उठाएको छु
 
मेरो नयाँ दिन आयो, देश बनाउनेछु
 म देशको शान हुँ
हामी एक हौँ, हामी सबैले एक हुनु छ
मन खुसी बनाउनु छ, धर्तीमा खुसी ल्याउनु छ
 
देशको इज्जत जोगाउन बलिदान हुनु छ
देशको माटोमा हाम्रो माया छरिएको छ
हामीले यो देशलाई चाहनामा राख्नु छ
देशभक्तिको धारा प्रत्येक नशामा बग्छ
 
मेरो देश एकताले बाँधिएको छ
मेरो यो देश हाँसोले भरिएको छ
हामी आफ्नो जीवन आफ्नो हातमा राख्छौँ
सबै देशवासीको आवाज बनेर आउने छौ
 
म देशको सिपाही भएको छु
म देशलाई बनाउँछु
सबैको आँखाको आशाको किरण बनेको छु
यो देशको झन्डा माथि उठाएको छु ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सोमबार सहमति भएपछि व्यवसायीहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम…

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। सोमबार शीतल निवासमा आयोजित…

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

प्रतिकृयाहरू
...