Monday 9th June 2025

क्यानडा- ११ माथि नेपाल ए २ विकेटले विजयी


नेपाल ए ले क्यानडा- ११ लाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा-११ लाई २ विकेटले पराजित गरेको हो । क्यानडा-११ ले दिएको २४१ रनको लक्ष्य पछाएको नेपाल ए ले ४९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि बशीर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय पारी खेलेका थिए । बशीरले अविजित रहदै ५१ रन बनाएर नेपाल ए को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडा- ११ ले ४९.५ ओभरमा अलआउट हुदै २४० रन बनाएको थियो ।

क्यानडाका लागि श्रेयस मोभ्भाले सर्बाधिक ६८ रन बनाएका थिए । त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए । त्यसैगरी नेपाल ए का बलर शहाब आलमले ३ विकेट लिएका थिए भने शेर मल्ल र राशिद खानले २-२ विकेट लिएका थिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिएका थिए । यो नेपाल ए टिमको पहिलो जित हो । यो जितपछि नेपाल ए ले क्यानडा-११ बीचको सिरिजमा १-१ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम खेल तथा निर्णायक खेल विहिबार हुने छ ।


सम्बन्धित शीर्षकहरु

प्रेमा ढुंगाना - परदेशी आफैँमा एक पीडित शव्द हो। परदेशीले भोग्ने पीडा सायदै स्वदेशमा बस्नेले बुझ्न सक्छन्। यहाँ छोडिएको छ…

कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक, वैदेशिक रोजगारीका बहुआयामिक पक्षहरुको जानकारी प्रदान गर्ने उद्देश्यले राजदूतावासले यही मिति ०६…

कमल राष्ट्रिय सुकर्म पुरस्कार जनमत राष्ट्रिय मासिकका प्रधान सम्पादक,अग्रज साहित्यकार, साहित्यिक पत्रकार, प्रखर समालोचक मोहन दुवाललाई प्रदान गरिएको छ। शिक्षा…

प्रतिकृयाहरू
...