Tuesday 16th December 2025

लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी


त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित निकालेको छ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई ९ विकेटले जितेको हो ।

आज (शनिबार) नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५ २ ओभरमा एक विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रन बनाउन सफल भएका थिए ।

नेपालले एक मात्र विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । उनी २८ रन बनाएर भियिन किंग्माको बलमा क्याच आउट भएका थिए । उनले मात्र ११ बलमा २ चौका र ३ छक्का हिर्काए ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

प्रतिकृयाहरू
...