Thursday 18th December 2025

एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपाल २१४ रनले विजयी – माल्दिभ्स १३ रनमा अलआउट


एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले मङ्गलवार माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ । २ सय २८ रनको लक्ष्य पाएको माल्दिभ्स १३ रनमा अलआउट भयो । मलेसियाको बांगीमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२७ रन बनाएको थियो ।

नेपाली महिला टिमले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो । भने रुबिना क्षेत्रीले टी ट्वान्टी क्रिकेटमा ऐतिहासिक शतक प्रहार गरिन् । महिला क्रिकेटको इतिहासमा टी ट्वान्टी क्रिकेटमा रुबिनाले बनाएको शतक पहिलो हो । उनले ५९ बल खेल्दै १ सय १८ रनको शतकीय इनिङ्स खेलेकी हुन् ।


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...