Thursday 18th December 2025

आइभरी कोष्टले जित्यो अफ्रिकन कप अफ नेसन्सको उपाधि


गए राती सम्पन्न फाइनल खेलमा आइभरी कोष्टले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गर्दै अफ्रिकाको च्याम्पियन बनेको हो। आइभरी कोष्टको जितमा फ्रयांक केस्सीए र सेबासटीएन हल्लेरले एक एक गोल गरेका थिए । त्यस्तै नाइजेरियाका लागि विलियम ट्रोस्ट एकोंगले एक गोल गरेका थिए।

खेलको पहिलो हाफमा १-० गोलले पछि परेको आइभरी कोष्टले दोस्रो हाफमा शानदार कमब्याक गर्दै खेल जितेको थियो। आइभरी कोष्टका लागि निर्णायक गोल गर्ने हल्लेर १९ महिना अघि क्यान्सर भएर क्यान्सरलाई जितेर मैदानमा फर्किएका थिए। उनकै निर्णायक गोलमा आइभरी कोष्ट अफ्रिकाको च्याम्पियन बनेको छ।

टोसँगै आइभरी कोष्ट तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ। यस अघि आइभरी कोष्टले १९९२ र २०१५ मा अफ्रिकन कप जितेको थियो।


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...