Saturday 26th September 2026

नेपाली युवाले विदेशिएको ३ महिना नहुँदै गरे आत्महत्या


तीतोपाटी – एक नेपाली युवाले विदेशिएको ३ महिना नहुँदै आत्महत्या गरेका छन् । धनुषाका ३२ वर्षीय राम सेवक दासले कुवेत आएको ३ महिना नहुदै आत्महत्या गरेका हुन्।

धनुषा जनक नन्दनी गाउँपालिका महुवा वार्ड न. ४ घर भई वैदेशिक रोजगारीको लागि २७ नोभेम्बर २०२३ मा कुवेत आएका राम सेबक दासले २७ जनवरी २०२४ मा कुवेतस्थित माहबुलामा आत्महत्या गरेका हुन ।

कुवेतको अल निसेफ युनाईटेड कन्ट्र्याक्टिङ (Al Nesef United Contracting ) कम्पनीमा दास कार्यरत थिए । घरमा तीन छोराछोरी र श्रीमती रहेका दासको आत्महत्या बारे खुल्न सकेको छैन |

घटनाबारे नेपाली राजदूतावास कुवेतमा प्रारम्भिक जानकारी मिलेको र आवश्यक कानुनी प्रक्रिया पुरा गरि छिट्टै शव नेपाल पठाउने प्रथम सचिब प्रेमराज गौतमले जानकारी दिएका छन ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...