Monday 5th October 2026

कुवेतमा एकजना नेपालीको मृत्यु, शव नेपाल पठाउने प्रक्रियामा


कुवेत- वैदेशिक रोजगारीका लागि कुवेत गएका काभ्रेको पनौती नगरपालिका- २, गुर्दुमका कृष्ण तामाङको मृत्यु भएको छ। तीन महिनाअघि कुवेत गएका तामाङको यही डिसेम्बर १७ गते राति सुतेकै अवस्थामा मृत्यु भएको हो। 

राति खाना खाएर सुतेका तामाङ भोलिपल्ट बिहान मृत अवस्थामा भेटिएका थिए। कृष्ण तामाङको परिवारको आर्थिक अवस्था नाजुक छ।

खर्च गरेर शव ल्याउन सक्ने अवस्था छैन। डीएचआर नेपाल नामक म्यानपावर कम्पनीबाट कुवेत गएका तामाङले फर्स्ट ग्रुप जनरल ट्रेडिङ एण्ड कन्ट्र्याक्टिङ कम्पनीमा काम गर्ने गरेको बताइएको छ।यसै बिच नेपाली दूतावास कुवेतका प्रथम सचिव प्रेमराज गौतमले कृष्ण तामाङको शव नेपाल पठाउने प्रक्रियामा रहेको बताए ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...