Thursday 18th December 2025

कुवेतमा एकजना नेपालीको मृत्यु, शव नेपाल पठाउने प्रक्रियामा


कुवेत- वैदेशिक रोजगारीका लागि कुवेत गएका काभ्रेको पनौती नगरपालिका- २, गुर्दुमका कृष्ण तामाङको मृत्यु भएको छ। तीन महिनाअघि कुवेत गएका तामाङको यही डिसेम्बर १७ गते राति सुतेकै अवस्थामा मृत्यु भएको हो। 

राति खाना खाएर सुतेका तामाङ भोलिपल्ट बिहान मृत अवस्थामा भेटिएका थिए। कृष्ण तामाङको परिवारको आर्थिक अवस्था नाजुक छ।

खर्च गरेर शव ल्याउन सक्ने अवस्था छैन। डीएचआर नेपाल नामक म्यानपावर कम्पनीबाट कुवेत गएका तामाङले फर्स्ट ग्रुप जनरल ट्रेडिङ एण्ड कन्ट्र्याक्टिङ कम्पनीमा काम गर्ने गरेको बताइएको छ।यसै बिच नेपाली दूतावास कुवेतका प्रथम सचिव प्रेमराज गौतमले कृष्ण तामाङको शव नेपाल पठाउने प्रक्रियामा रहेको बताए ।


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...