Monday 12th January 2026

गाजामा मारिए इजरायली मन्त्रीका छोरा


एजेन्सि- गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’ का क्रममा इजरायली सरकारका मन्त्री गाडी आइसेनकोटका छोरा गल मेइर आइसेनकोट माारिएका छन्।

इजरायली रक्षा बलले दिएको जानकारीअनुसार गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’का क्रममा ‘रिजर्भ सैनिक गल मेइरको मृत्यु भएको हो।

इजरायली मन्त्रिपरिषद्मा बिना विभागीयमन्त्रीका रूपमा सामेल भएका गाडी आइसेनकोट छन्। उनकै छोरा गल मेइरको गाजामा मारिएका हुन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गल मेइरको मृत्युप्रति शोक व्यक्त गरेका छन्। गल मेइरका बुबा सन् २०१५ फेब्रुअरीदेखि २०१९ जनवरीसम्म इजरायली रक्षा बल (आईडीएफ)को जनरल स्टाफ प्रमुख थिए। उनले चार दशकसम्म इजरायली सेनामा सेवा गरे।

गाजामा अक्टोबर ७ देखि हालसम्म ८८ आईडीएफ सैनिक मारिएका छन्।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...