Wednesday 24th September 2025

कुवेतमा ओखलढुंगाका मान बहादुर भुजेलको तेल निकाल्ने मेसिनमा च्यापिएर मृत्यु


दिलकुमार पाख्रीन – ओखलढुङ्गा शिद्धिचरण गाउँपालिका-११ का मान बहादुर भुजेलको गत आइतवार कुवेतमा मृत्यु भएको छ। विगत तीन वर्षदेखि स्पिडको (speedco) कम्पनिमा कार्यरत भुजेलको KOC प्रोजेक्ट अन्तरगत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको हो।

विगत १६ वर्षदेखि कुवेतलाइ कर्मथलो बनाएका ४६ वर्षिय भुजेल परिवारका साथ कुवेतको मङ्गाफमा बस्दै आएका थिए। उनको साथमा एक बच्चा समेत रहेको तर केही महिना पहिले मात्र पठन पाठनका लागि नेपालमा छोडेर काममा फर्किएका भुजेल अब कहिल्यै नफर्कने गरि कुवेतमै अस्ताएका छन् ।

हाल उनको शव फरवानिया अस्पतालमा राखिएको छ भने नेपाली दूतावासलाइ मृतकको बारेमा प्रारम्भिक जानकारी दिइएको छ । मृतककी श्रीमती कुवेतमै रहेपनि कानुनी प्रकृया पुरा गरेर मात्र शव नेपाल पठाइने र त्यस सम्बन्धि प्रकृया बारेमा उनलाइ जानकारी नभएकोले श्रीमानको पार्थिव शरीर नेपाल पठाउन तथा वीमा दावी गर्ने लगायतका प्रकृया अगाडि बढाउन सहजीकरण गरिदिन मृतककी श्रीमतीले नेपाली दूतावास, गैर आवासीय नेपाली संघ कुवेत लगायतलाइ अनुरोध गरेकी छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...