Wednesday 17th June 2026

कुवेतमा बाग्लुङका राजन छन्त्यालको समुन्द्रमा पाैडी खेल्ने क्रममा डुबेर मृत्यु


कुवेतमा बाग्लुङका राजन छन्त्यालको पाैडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको छ । उनको गत शनिबार साँझ कुवेतको साल्मिया स्थित समुन्द्रमा पाैडी खेल्ने क्रममा सामुद्रिक छालले तान्दा पानीमा डुबेर मृत्यु भएको हो ।

स्वीमिङ गर्दै गर्दा पानीको छालले तानेर उनलाइ निक्कै पर पुर्‍याए पछि सँगै पाैडी खेल्न गएका साथीहरूले ज्यानको बाजी लगाएर उनलाइ समुन्द्रबाट बाहिर ल्याएका थिए । साथीहरूले पानीबाट बाहिर ल्याए पनि उनलाइ बचाउन सकेनन् ।

राजन मात्र होइन उनिसंगै पौडी खेलिरहेका अन्य दुई जना नेपालीहरुलाइ पनि छाल्ले घिसार्दै लगेको थियो। उनीहरुलाइ पनि साथीहरुले बचाउन खोजे पनि अवस्था नाजुक नै भैसकेकोले उनीहरुलाइ कुवेत प्रहरीले अस्पताल पुर्‍याएका छन। उनीहरु अझै उपचाररत नै छन। पानीमा डुबेर घाइते भएका दुई जनाको अझै स्पष्ट परिचय खुलिसकेको छैन।

राजन छन्त्यालको शवको बारेमा कुवेत प्रहरीले समेत जानकारी गराइसकेको र शव पठाउन प्रक्रिया समेत अगाडी बढिसकेको दूतावास श्रोतले जानकारी गराएको छ। श्रोतका अनुसार बिहिवार सम्ममा शव नेपाल पुग्नेछ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...