Sunday 18th January 2026

कुवेतमा बाग्लुङका राजन छन्त्यालको समुन्द्रमा पाैडी खेल्ने क्रममा डुबेर मृत्यु


कुवेतमा बाग्लुङका राजन छन्त्यालको पाैडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको छ । उनको गत शनिबार साँझ कुवेतको साल्मिया स्थित समुन्द्रमा पाैडी खेल्ने क्रममा सामुद्रिक छालले तान्दा पानीमा डुबेर मृत्यु भएको हो ।

स्वीमिङ गर्दै गर्दा पानीको छालले तानेर उनलाइ निक्कै पर पुर्‍याए पछि सँगै पाैडी खेल्न गएका साथीहरूले ज्यानको बाजी लगाएर उनलाइ समुन्द्रबाट बाहिर ल्याएका थिए । साथीहरूले पानीबाट बाहिर ल्याए पनि उनलाइ बचाउन सकेनन् ।

राजन मात्र होइन उनिसंगै पौडी खेलिरहेका अन्य दुई जना नेपालीहरुलाइ पनि छाल्ले घिसार्दै लगेको थियो। उनीहरुलाइ पनि साथीहरुले बचाउन खोजे पनि अवस्था नाजुक नै भैसकेकोले उनीहरुलाइ कुवेत प्रहरीले अस्पताल पुर्‍याएका छन। उनीहरु अझै उपचाररत नै छन। पानीमा डुबेर घाइते भएका दुई जनाको अझै स्पष्ट परिचय खुलिसकेको छैन।

राजन छन्त्यालको शवको बारेमा कुवेत प्रहरीले समेत जानकारी गराइसकेको र शव पठाउन प्रक्रिया समेत अगाडी बढिसकेको दूतावास श्रोतले जानकारी गराएको छ। श्रोतका अनुसार बिहिवार सम्ममा शव नेपाल पुग्नेछ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...