Monday 5th October 2026

एनआरएन कुवेतको आठाैं राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक


तीतोपाटी – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद कुवेतको आगामी जुलाइ २१ तारिक सम्पन्न हुन गइरहेको आठाै राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले महाधिवेशन सम्बन्धि कार्य तालिका सार्वजनिक गरेको छ । आज प्रकाशित कार्य तालिका अनुसार भोली १२ जुलाइका दिन दिउँसो २ बजेदेखि राती १० बजेसम्म कुवेत सिटीको मालिया स्थित चाैतारी नेपाली रेष्टुरेन्टमा उम्मेदवारी लिइने जनाइएको छ भने जुलाइ २१ तारिक मालिया सिटी स्थित INN & GO होटलमा आठाैं महााधिवेशन हुने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त सुजन के.सि.द्वारा हस्ताक्षरित निर्वाचन कार्यतालिका अनुसार आज ११ जुलाइका दिन पञ्जिकृत सदस्यहरूको नामावली प्रकाशन गरिएको छ भने १३ जुलाइ २०२३ का दिन बिहान ९ बजे उम्मेदवारहरूको प्रथम सूचि प्रकाशन गरिनेछ भने सोही दिन १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारहरू विरूद्ध दावी विरोधको उजुरी दिन सकिनेछ । सोही दिन राती १० बजे भित्रमा उम्मेदवारी फिर्ता लिन सकिने छ भने १४ जुलाइको बिहान ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ ।

निर्वाचन आयोगद्वारा प्रकाशित अर्को सूचना अनुसार उम्मेदवारहरूको उम्मेदवारी शुल्क समेत सार्वजनिक गरिएको छ जस अनुसार अध्यक्षदेखि सदस्यसम्म विभिन्न शुल्क तोकिएको छ । एनसीसी अध्यक्ष पदको उम्मेदवारी दर्ता गर्नको लागि २५० केडि शुल्क तोकिएको छ भने एवंरितले अन्य पदहरूमा घट्दो क्रममा उम्मेदवारी शुल्क तोकिएको छ ।

आज नै प्रकाशित अर्को सूचना अनुसार एनसीसी कुवेतको २०२३-२०२५ कार्यकालको लागि जम्मा १५१६ जनाको पञ्जिकृत सदस्यता नामावली प्रकाशित गरिएको छ ।

विस्तृत विवरणको लागि निर्वाचन समितिबाट प्रकाशित सूचनाहरू हेर्नुहोसः



सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...