Saturday 20th December 2025

झापाली समाज कुवेतद्वारा वैदेशिक रोजगार पीडित सन्चमायालाइ स्वदेश फर्कन हवाइ टिकट सहयोग


झापाली समाज कुवेतले झापा मेचिनगर ५ काकरभिट्टा निवासी सन्चमाया सुब्बालाई स्वदेश फर्कन सहयोग गरेको छ । समाजले वैदेशिक रोजगार पीडित भइ अार्थिक अभावको कारण स्वदेश फर्कन नसकेकी सुब्बालाइ स्वदेश फर्कने एकतर्फी हवाइ टिकट दिएर सहयोग गरेको हो ।

गत १ वर्ष अगाडि घरायसी कामको लागि कुवेत आउनु भएकी सन्चमाया सुब्बालाई केही स्वास्थ्यमा समस्या आए पश्चात आफ्नो घर मालिकलाई म नेपाल गैइ उपचार गरि आउछु भन्दा पनि जान न दिई झन दिनहु यातना दिदै सो यातना सहन नसके पछि आफ्नो कार्यस्थलबाट भागी नेपाली दूतावास सम्म आएकी हुदा दूतावासले उहाँलाई ल्याउने एजेन्डसँग सम्पर्क गर्न खोज्दा सम्पर्क बिहिन भएको हुनाले यस्ता एजेन्डहरुलाई खबरदारी गर्दै सन्चमायाको बारेमा दुतावाससँग सहकार्य गर्दै ट्रावल्स डकुमेन्ट तयार पारी एकतर्फी हवाई टिकट सहयोग गरि स-कुशल नेपाल पठाएको हो ।

“हाम्रो एकता विकासको लागि” भन्ने मूल नाराका साथ २०१३ मा स्थापित झापाली समाज कुवेतले समाजमा आवद्ध सदस्यहरुको आर्थिक उन्नती तथा झापा जिल्लाको विकासको लागि सामाजिक कार्यहरु र विभिन्न गरिब, दुखी, पीडितहरुलाई सहयोग गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...