Friday 10th July 2026

झापाली समाज कुवेतद्वारा वैदेशिक रोजगार पीडित सन्चमायालाइ स्वदेश फर्कन हवाइ टिकट सहयोग


झापाली समाज कुवेतले झापा मेचिनगर ५ काकरभिट्टा निवासी सन्चमाया सुब्बालाई स्वदेश फर्कन सहयोग गरेको छ । समाजले वैदेशिक रोजगार पीडित भइ अार्थिक अभावको कारण स्वदेश फर्कन नसकेकी सुब्बालाइ स्वदेश फर्कने एकतर्फी हवाइ टिकट दिएर सहयोग गरेको हो ।

गत १ वर्ष अगाडि घरायसी कामको लागि कुवेत आउनु भएकी सन्चमाया सुब्बालाई केही स्वास्थ्यमा समस्या आए पश्चात आफ्नो घर मालिकलाई म नेपाल गैइ उपचार गरि आउछु भन्दा पनि जान न दिई झन दिनहु यातना दिदै सो यातना सहन नसके पछि आफ्नो कार्यस्थलबाट भागी नेपाली दूतावास सम्म आएकी हुदा दूतावासले उहाँलाई ल्याउने एजेन्डसँग सम्पर्क गर्न खोज्दा सम्पर्क बिहिन भएको हुनाले यस्ता एजेन्डहरुलाई खबरदारी गर्दै सन्चमायाको बारेमा दुतावाससँग सहकार्य गर्दै ट्रावल्स डकुमेन्ट तयार पारी एकतर्फी हवाई टिकट सहयोग गरि स-कुशल नेपाल पठाएको हो ।

“हाम्रो एकता विकासको लागि” भन्ने मूल नाराका साथ २०१३ मा स्थापित झापाली समाज कुवेतले समाजमा आवद्ध सदस्यहरुको आर्थिक उन्नती तथा झापा जिल्लाको विकासको लागि सामाजिक कार्यहरु र विभिन्न गरिब, दुखी, पीडितहरुलाई सहयोग गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

विशेषगरी न्युरोड क्षेत्रको उल्लेखनीय रूपान्तरण अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चाको विषय बनेको छ। सुधारिएको सडक संरचना, सम्पदामैत्री डिजाइन, व्यवस्थित…

चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन्। स्वर्णिम वाग्ले नेतृत्वको आर्थिक टोलीसँग…

इरानसँग बढ्दो तनावबीच मध्यपूर्वमा अमेरिकी नौसेनाको शक्ति प्रदर्शन, २० भन्दा बढी युद्धपोत सक्रिय इरानसँग बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकी केन्द्रीय…

प्रतिकृयाहरू
...