Thursday 30th July 2026

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रीपरिषदको पुनर्गठन


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदको पुनर्गठन गरेका छन् । उनी प्रधानमन्त्री भएपछि दोश्रो पटक विश्वासको मत लिएर नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सहितका दलहरूलाई समावेश गरेर मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन् । शुरूमा एमेले सहितका दलको सहयोगमा ३ महिना अघि प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपतिय निर्वाचनमा नेपाली कांग्रेसलाइ साथ दिने भएपछि एमाले लगायतका केही दलले सरकारलाइ दिएको विश्वासकत्र मत फिर्ता लिइ मन्त्रीमण्डलबाट बाहिरिएका थिए ।

नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन्।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रतिनिधिसभामा फेरि विश्वासको मत प्राप्त गरेका प्रचण्डले साझेदार दलका शीर्षस्थ नेताहरूसँग भएको सहमतिअनुसार सरकारमा अहिले महत्त्वपूर्ण परिवर्तन गरेका हुन्।

तर अझै पनि मन्त्रिपरिषद्ले पूर्णता भने पाइसकेको छैन। परराष्ट्र र कानुनसहितका केही मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका छन्।

नेपाली कांग्रेसको टोलीको नेतृत्व गर्दै रक्षा मन्त्रालयको उत्तरदायित्व लिएर पूर्णबहादुर खड्का सरकारमा उपप्रधानमन्त्री नियुक्त भएका छन्। यद्यपि प्रचण्डले आफ्नो अडानअनुसार उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाएका छन् भने नेपाली कांग्रेसको भागमा अर्थ मन्त्रालय पनि परेको छ।

विस्तारित मन्त्रीपरिषद यस प्रकार रहेको छः

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (माओवादी केन्द्र)
परराष्ट्र, कानुन, वन, स्वास्थ्य, युवा र खानेपानी तथा सरसफाइ मन्त्री
उपप्रधान तथा रक्षा: पूर्णबहादुर खड्का (नेपाली कांग्रेस)
उपप्रधान तथा गृह: नारायणकाजी श्रेष्ठ (माओवादी केन्द्र)
कृषि तथा पशुपक्षी विकास: बेदुराम भुसाल (नेकपा एकीकृत समाजवादी)
शिक्षा, विज्ञान तथा प्रविधि: अशोक राई (जसपा)
श्रम, रोजगार तथा सामाजिक सुरक्षा: शरतसिंह भण्डारी (लोसपा)
अर्थ: प्रकाशशरण महत (नेपाली कांग्रेस)
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक:महिन्द्र राय यादव (नेपाल समाजवादी पार्टी)
ऊर्जा, जलस्रोत तथा सिँचाइ: शक्तिबहादुर बस्नेत (माओवादी केन्द्र)
भौतिक पूर्वाधार: प्रकाश ज्वाला (नेकपा एकीकृत समाजवादी)
भूमि व्यवस्था तथा सहकारी: रञ्जिता श्रेष्ठ (नागरिक उन्मुक्ति पार्टी)
उद्योग, वाणिज्य तथा आपूर्ति: रमेश रिजाल (नेपाली कांग्रेस)
सहरी विकास: सीता गुरुङ (नेपाली कांग्रेस)


सम्बन्धित शीर्षकहरु

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

प्रतिकृयाहरू
...