Wednesday 4th March 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४० औं गीत विशेष कव्य गाेष्ठी भव्यताका साथ सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४० औं गीत विशेष कव्य गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल फागुन १० गते भव्यताका साथ सम्पन्न भयाे ।

खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ साहित्यकार डा,बम बहादुर जितालीकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा जितालीले लाेक परम्परा,लाेक गीत,लाेक भाका हाम्राे सम्पत्ति हाे । गीत दुई पङ्ति स्थाई र अन्तरामा लेखिन्छ । खाेरिया पनि लाेक भाकाकै उपज हाे । सेलाे,तीज गीत र अन्य भाकामा पनि गाउन सकिने खाेरिया लाेक प्रिय हुँदै अाईरहेकाे छ । साहित्य,कला र सस्कृतिकाे विकाश गर्ने प्रज्ञा प्रतिष्ठान गाेबर गणेशकाे थुप्राे भएकाेमा चिन्ता व्यक्त गर्नु भयाे ।

विशिष्ठ अतिथि ,गंगा लिगलले साहित्य उच्च सगरमाथा हाे भन्नु हुँदै साहित्यकाे उचाई हासिल गर्न साधना चाहिन्छ भन्नु भयाे ।
विशिष्ठ अतिथि ललिता दाेषी ज्यूले चन्द्रागिरिकाे निरन्तरता प्रति बधाई दिन्छु भनी कविता सुनाउनु भयाे ।

सीता पाण्डेकाे कुशल उद्घघाेषणमा भएकाे गीत विशेष काव्य गाेष्ठीमा अन्य उपस्थित अामन्त्रीत अतिथि साहित्यकारहरु क्रमस सुनिता राई,दुर्गा अधिकारी रिमाल, उर्मिला पन्त,द्वारिका कुईंकेल,चुडा निर्भिक झविकला खरेल,यज्ञलाल सुवेदी,टेक बहादुर लाैडारी,चन्द्रावती अधिकारी,शुरेश घिमिरे,लक्ष्मी प्रसाद मिश्र,शारदा अाचार्य,सन्जना शर्मा,अनुराधा थापा,चन्द्रा न्याैपाने, गंगा अभिलाषी लगायत २१ जना सर्जकहरुले अा-अाफ्ना रचना कविता,खाेरिया,चारु,अादि रचनाबाट भव्य बनाउनु भयाे ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे हैसियतले खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया लाेक छन्द हाे यसलाई जुन सुकै भाकामा पनि गाउन सकिने छ भन्नु भयाे ।यहाँ उपस्थितहरु धेरैले खाेरिया लेखन अभ्यास गरिरहनु भएकाे छ भन्नु हुँदै यहाहरु अमूल्य समय दिएर जाेडिनु भएकाेछ र नयाँ स्रष्टाहरु पनि हरेक श्रङ्खलामा पाउनु अायाेजककाे खुशी हाे भन्नु हुँदै प्रमुख अतिथि जिताली,विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गर्नु भई खाेरिया गित सुनाउनु भए पश्चात कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...