Monday 5th May 2025

लव जोशीद्वारा शीत पुरस्कार स्थापना


नारायण कोइराला – आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित गरिसक्नुभएका समाजसेवी, शिक्षासेवी साहित्यकार लव जोशीले शीत काव्यको व्यापकिकरणका लागि रामबहादुर सुन्दरीमाया स्मृति शीत साहित्य पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नुभएको छ । लुम्बिनी वाङमय प्रतिष्ठान नेपाल पाल्पाद्वारा आय‍ोजित साहित्यिक कार्यक्रममा जोशीज्यूले लुम्बिनी वाङमय प्रतिष्ठान नेपालद्वारा यो पुरस्कार शीत काव्यको व्यापकिकरणका लागि कलम चलाउने स्रष्टालाई हरेक वर्ष नगद रू १० हजार प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरिदिनु भएको छ ।

वर्ष २०७९ का लागि यो पुरस्कार शीत काव्य समाज नेपालका अध्यक्ष, शीत काव्यका परिकल्पनाकार,साहित्यकार पुष्कर अथक रेग्मीलाई साहित्यकार कमल खत्रीको अध्यक्षता,डा. टंकप्रसाद पन्तको प्रमुख आतिथ्यता, ऋषि आजादको विशिष्ट आतिथ्यता, दाता लव जोशी सहितको उपस्थितिमा प्रदान गरिएको छ । मिति २०७८ असार ७ गते पाल्पाको तानसेन श्रीनगर क्षेत्रबाट पुष्कर अथक रेग्मीले कविता – काव्य साहित्यको लघुतम उपविधाको रूपमन शीतको परिकल्पना प्रस्ताव गरेसंगै साहित्यकार लव जोशीज्यूले शीत लेख्दै आउनु भएको र शीतबाट प्रभावित भएरनै यस्को प्रचार प्रसारका लागि पुरस्कार कोषको स्थापना गरिदिनु भएको हो ।

चतुष्पदीय मुक्तकीय प्रभेदभित्रको लघुतम अष्टाक्षरी काव्यनै शीत हो भनी परिकल्पनाकारले परिभाषित गरेका छन्। छोटो समयमै हालसम्म आधादर्जनभन्दा बढी शीत कृतिहरू प्रकाशित भईसकेका छन् । शीतको प्रचार प्रसारको लागि प्रथम शीत ईश्वर कृष्ण के सी ले शीतकर्ण साहित्य पुरस्कारको स्थापना गर्नु भएको छ भने अहिले आएर लव जोशीद्वारा रामबहादुर सुन्दरीमाया स्मृति शीत साहित्य पुरस्कार स्थापना गरिदिनु भएकोले शीत जन्मभूमि पाल्पा धन्य भएको छ । नेपाली साहित्यको बिकास र बिस्तारका लागि पाल्पाले नवीनतम् योगदानहरू पुराउदै आएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत, यात्रु र कार्गो ट्राफिकमा कीर्तिमानी बृद्धि अनुभव गर्ने खाडी देशका विमानस्थलको विपरीत कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भने खडेरी लागेको छ…

गैर आवासीय नेपाली संघ (एनआरएनए)को विवाद रोचक मोडमा पुगेको छ । व्यक्तिगत इगो र संस्थाभित्रको चरम राजनीतिका कारण विभाजित बनेको…

नेपालका प्रथम शहिद क्याप्टेन लखन थापामगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापा मगर…

प्रतिकृयाहरू
...