Friday 23rd October 2026

पोखरा विमान दुर्घटनाः ६८ जनाको शव भेटियो


नेपालमा आइतबार बिहान यति एयरलाइन्सको विमान दुर्घटना हुँदा अहिलेसम्म ६८ जनाको शव भेटिएको छ । काठमाडौंबाट बिहान १०:३२ बजे पोखराका लागि नेपाली ५३, विदेशी १५ र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको NTY 691, 9N-ANC विमान १०:५० मा दुर्घटना भएको थियो । जहाजमा २५ महिला, ३७ पुरुष ३ बालक र ३ शिशु थिए ।

माैसम सफा हुँदा पनि विमान दुर्घटनामा परेको छ भने विमान दुर्घटनाको कारण पत्ता लागेको छैन ।

पोखराको पुरानो विमानस्थल र नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको बीचमा विमान दुर्घटना भएको हो । पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेती नदीको खोँचमा जहाज खसेकोले खोज तथा उद्दारका लागि ७ सय भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिए पनि खोजीकार्यमा असहजता भएपछि क्रेनको सहायताले खोज्ने कार्य भइरहेको छ । विमान टुक्राटुक्रा भएको छ ।

नेपाल सरकारले विमान दुर्घटनामा परेर मृत्यु भएकाहरूको शोकमा भोली माघ २ गतेका लागि सार्वजनिक विदा दिएको छ भने विमान दुर्घटना बारे छानविन गर्न ५ सदस्यीय टोली गठन गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...