Monday 10th November 2025

शिव कुमार रेग्मीका स्वस्थानी पूर्णिमा विशेष जुनेलीहरू


(१)
पुर्णिमा
आज
स्वस्थानी
साँझ।
(२)
मनको
कस्दै
वर्तमा
बस्दै।
(३)
आजको
दिन
स्वस्थानी
लिन।
(४)
आजको
साँझ
पुजाको
माझ।
(५)
स्वास्थानी
ज्ञान
बढ्दछ
मान।
(६)
प्राचीन
कथा
शिवको
गाथा।
(७)
स्वस्थानी
ज्योति
उज्यालो
मोती।
(८)
प्राचीन
साथ
देवको
हात।
(९)
पार्वती
माता
जगत
दाता।
(१०)
अगाडि
सर्छु
प्रणाम
गर्छु।
(११)
खरानी
घसी
छालाको
कसी।
(१२)
नागको
माला
ढाकेर
गला।
(१३)
देवको
देव
रचेर
वेद।
(१४)
मिलाई
हात
विष्णुको
साथ।
(१५)
संसार
देख्छन्
भविष्य
लेख्छन्।
(१६)
चलाए
विश्व
बनाई
शिष्य।
(१७)
संसार
मान्ने
विश्वले
गन्ने।
(१८)
अगाडि
बढ्दै
स्वस्थानी
पढ्दै।
(१९)
वर्तमा
बस्दै
जुनेली
कस्दै।
(२०)
राखेर
आस
लेख्दछु
खास।
(२१)
राख्नुछ
गर्व
प्राचीन
पर्व।
शिव कुमार रेग्मी
अध्यक्ष
जु.सा.स.नेपाल


सम्बन्धित शीर्षकहरु

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

एक महिना पुरानो युद्धविरामलाई खतरामा पार्ने संकटको समाधान खोज्न मध्यस्थकर्ताहरूलाई आग्रह गर्दै इजरायलको नियन्त्रणमा रहेको गाजाको रफाह क्षेत्रमा लुकेका हमास…

अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण…

प्रतिकृयाहरू
...