Wednesday 9th September 2026

चीनेले समुन्द्रमाथि पुल मात्र हैन राजमार्ग नै बनायो


तितोपाटी – दुनिया भौतिक निर्माणको क्षेत्रमा धेरै अघि बढिसकेको छ । विश्वमा कल्पना समेत गर्न गाह्रो पर्ने खालका अनुपम भौतिक संरचनाहरु ठडिइरहेका छन् । यसका लागि विश्वका हरेका देशले अनेकानेक चामकारीक निर्माणहरू सम्पन्न गरेका छन् तर चीनले संसारका अरू देशहरूले गर्न नसकेका अत्यन्त कठिन भनेका कामहरू गरेर देखाउने राष्ट्रको रूपमा अाफुलार्इ चिनाउन सफल भएको छ । हालै मात्र चीनले यस्तो काम गर्यो कि जसको कारण सारा विश्वको ध्यान चीनमा केन्द्रित भएको छ । नदिमा सबैभन्दा लामो पुल बनार्इसकेको चीनले हालसालै नदि माथि राजमार्ग नै निर्माण गरेको छ ।

चीनले असम्भव भन्ने कुनै कुरा नै छैन भनेर संसारलार्इ देखाइदिएको छ । असम्भव भन्ने कुराहरूलार्इ पन्छाउँदै चीनले मध्य चीनको हुवी प्रान्तमा नदि माथि नै राजमार्ग निर्माण गरेपछि विश्वभर यसको चर्चा चलिरहेको छ । चीनको चेगदु र सांघार्इ जोड्ने राजमार्गलार्इ नदीमाथि बनाएको हो ।

६.८ मील अर्थात झण्डै ११ किलोमिटर लामो नदीमाथिको राजमार्गको कारण १ घण्टा लाग्ने बाटो अब २० मिनेटमै पुग्न सकिन्छ । चीनका निर्माण इन्जिनिययरहरूसँग अर्को विकल्प पनि थियो । उनीहरूले सुरूङमार्ग पनि बनाउन सक्थे तर सुरूङमार्ग बनाउँदा पर्यावरणमा असर गर्ने भएकोले सुरूङमार्ग नबनाएर नदीमाथि राजमार्ग बनाउने निर्णय गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...