Friday 23rd October 2026

कुवेतमा खोटाङ्गकी कल्पना राईले गरिन आत्महत्या


तितोपाटी-बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृत्यु  भएको छ खोटाङ् जिल्ला आइसेलुखाराक ५ फुर्सेकी कल्पना राईले नोभेम्बर १६ तारिख आत्महत्या गरेको बुझिएको छ । घरेलु कामदारको रुपमा कार्यरत  पासपोर्ट  नम्बर १०६८४८०५ रहेकी मृतक राईको परिवारलाई सम्पर्कमा आउँन नेपाली दुताबास कुवेतका दुर्तीय सचिब श्रीकृष्ण सिलवालले  आग्रह गर्नु भएको  छ। केकारणले   उनले आत्महात्या गरिन भन्ने बारेमा खुल्न सकेको छैन ।

मृतकको  परिवार सम्पर्कमा आए पश्चात मृतक राईको सब नेपाल पठाउने   प्रक्रिया अघि बढ्ने हुदा  यदि कुवेतमा कार्यरत  खोटाङ्ग  जिल्लाबासी  कसैलाई  मृतक राईको बारेमा जानकारी र परिवारसँग चिनजान भएमा नेपाली दुतावास कुवेतमा सम्पर्क गराईदिनु हुन् समेत नेपाली दुतावासले  अनुरोध गरेको छ ।

 


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...