Thursday 6th August 2026

कर्णालीमा बाढी पहिरोमा परि मर्नेको संख्या ३३ पुग्यो, २२ अझै बेपत्ता


कर्णाली प्रदेशभर बाढीपहिरामा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो।

सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको छ भने मुगुमा आठ जना, कालिकोट र हुम्लामा चार/चार जना, जाजरकोटमा तीन जना, डोल्पा र सल्यानमा दुई/ दुईजनाको मृत्यु भएको छ भने दैलेखमा एकजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

२२ जना अझै बेपत्ता भएको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ भने बाढीपहिरामा परी २१ जना घाइते भएका छन् ।


सम्बन्धित शीर्षकहरु

युरोपमा जारी भीषण गर्मीको लहरले नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रियाको बाड डोयच–आल्टेनबर्ग (Bad Deutsch-Altenburg) मा ४१.२ डिग्री सेल्सियस तापक्रम…

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

प्रतिकृयाहरू
...