Saturday 3rd October 2026

रुकुममा सम्भोग गर्दागर्दै महिलाको मृत्यु, एक युवक पक्राउ


तितोपाटी – रुकुम सदरमुकाम मुसीकोट खलंगामा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। रुकुम (पूर्व) सिस्ने गाउँपालिका वडा नं. ६ घर भई हाल मुसीकोट नगरपालिका वडा नं. १ खलंगा बस्दै आएकी अन्दाजी ३८ बर्षकी इच्छा बिसी बुधबार मृत फेला परेकी हुन्।

मृतकसँग जोडिएका मुसीकोट नगरपालिका वडा नं. १ का १९ बर्षीय अमर बहादुर बादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले मृतकसँग अमरको सम्बन्ध रहेकाले उनलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान गरिरहेको बताए।

‘यौन सम्पर्क गर्ने मनसायले अभियुक्तले महिलालाई आफ्नो कोठामा लिएर गएका थिए’ अमरको बयानपछि डीएसपी खड्काले भने, ‘यौन सम्पर्क गर्ने क्रममा महिलाको मृत्यु भएको भन्ने प्रारम्भिक बयान आएको छ।।’ महिलाको मृत्यु भएपछि अमरले नै नजिकैको ढल आउने नालामा फालेको देखिएको र थप विवरण अनुसन्धानपछि मात्रै स्पष्ट हुने उनको भनाई छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...