Tuesday 4th August 2026

लघुकथाकार कुमुदप्रसाद शर्मा प्याकुरेलको लघुकथा “पुकार” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना सहित लघुकथाकार कुमुदप्रसाद शर्मा प्याकुरेलले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ‘पुकार’ पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

साहित्यकार कुमुदप्रसाद शर्मासँग सामाजिक संजाल र लघुकथाका माध्यमबाट करिब दुईबर्ष देखि परिचित छु भने लघुकथा संग्रह ‘ छप्पन्न भोग’ बिमोचनको क्रममा सात्क्षात्कार भई लघुकथा संग्रह प्राप्तगर्ने सौभाग्य समेत पाएकी छु । उहाँका लघुकथाहरु मैले भेटने बितिकै पढने गरेकी छु । उहाँका लघुकथाहरु रुप विधानमा अब्बल रहेका छन् ।लघुकथा भित्र पात्रहरु आवश्यकता अनुसार थोरै मात्र प्रयुक्त भएका छन् भने व्यग्यंले भरिएका र सकारात्मक परिवर्तनका वाहक रहेका छन् । उहाँका लघुकथामा माधुर्यता रहेको पाएकी छु ।

लघुकथाकार कुमुदप्रसाद शर्मा प्याकुरेलको जन्म पिता स्वर्गीय देवनाथ उपाध्याय र माता स्वर्गीय राधादेवी शर्माको सुपुत्रको रुपमा २०१७/०४/२८ गते काठमाडौं महानगरपालिका – २, टंगाल, गैरीधारामा भएको हो । कानुनमा स्नातक गर्नुभएका लघुकथाकार नेपाल न्याय सेवाको सह न्यायधिवक्ता राजपत्राकिंत प्रथम श्रेणी पदवाट सेवानिवृत हुनुभएको हो ।

श्रीटोल हाईट मार्ग, टोखा नगरपालिका-५,बसुन्धरा, काठमाडौंका स्थायी बासिन्दा लघुकथाकार २०४७ सालमा गोरखा दक्षिणबाहु चौथाबाट समेत विभुषित हुनुहुन्छ । उहाँको ‘छप्पन्न भोग’ लघुकथा संग्रह प्रकाशित छ भने साहित्यका अन्य विधाहरु कथा,कविता,गीत,मुक्तकहरु अनलाईन तथा छापाका पत्रपत्रिकाहरुमा समेत पढन पाईन्छ ।

सिध्दहस्त लघुकथाकार लिखित प्रस्तुत लघुकथा ‘पुकार’ मात्र १५ शब्दमा लेखिएको छ । लघुकथामा एउटै मात्र पात्र कुर्सी रहेको छ । लघुकथा यस्तो छ ।

कुर्सीले हात जोरेर भन्यो, “मलाई ओज देऊ, तेज देऊ बिन्ती छ, बोझ चाहिँ दिँदै नदेऊ ।”

बुनौटको हिसावमा लघुकथा अतिनै छोटो भएपनि भाव गहन छ ।वर्तमान नेपाली राजनीति प्रति तिखो कटाक्ष गर्न सफल रहेको लघुकथा पढदा पाठकको मन झङ्कृत हुन्छ । निर्जीव कुर्सीलाई समेत नेताहरुप्रति दिक्क लागेको तर्फ संकेत गर्दै यस्ता नेतृत्वका शासनाबाट जनता कति पिडित छन् भनि देखाउन सफल हुनुभएको छ लघुकथाकार ।

लघुकथा सरल र सफल छ ।लघुकथामा शव्द सीमा कति भनि भईरहने बहसलाई टुङ्ग्याउन सफल यस लघुकथा नवोदित लघुकथाकारहरुका लागि मानक कथा बनेको छ ।

साहित्यका विभिन्न विधामा कलम चलाउनुहुने साहित्यकार कुमुदप्रसाद शर्मा प्याकुरेलका साहित्यिक आयामहरु अझ उच्च हुदै जाउन् भन्ने कामनाका साथ सुस्वास्थ्य, दीर्घायु तथा अटल श्रीबृध्दीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

बन्दना घिमिरे
हरिवन -१०, सर्लाही
हाल म.थि.न.पा.-३ गठ्ठाघर,भक्तपुर


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

प्रतिकृयाहरू
...