Monday 22nd June 2026

श्रीलंकाका राष्ट्रपतिद्वारा राजीनामा दिने घोषणा


श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन्।

प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन्।

आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्। शनिवार ठूलो सङ्ख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारीहरूले राजपक्षको राजीनामाको माग दोहोर्‍याएका थिए

राष्ट्रपति राजपक्षले आगामी बुधवार राजीनामा दिने जानकारी गराएका छन्। प्रधानमन्त्री रनिल विक्रमासिङ्ग यस अघि नै राजीनामा दिन सहमत भएका छन्।

संसद्‌का सभामुखले “सत्ताको शान्तिपूर्ण हस्तान्तरणका लागि” राष्ट्रपतिले राजीनामा दिने निर्णय लिएको जानकारी गराएका छन्। उनले जनतालाई “कानुनको सम्मान” गर्न पनि आह्वान गरेका छन्।


सम्बन्धित शीर्षकहरु

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा विकास निर्माणका काममा भएको ढिलाइ, रिङरोड विस्तार, फोहोर व्यवस्थापन, सडक, विद्युत् र विभिन्न…

प्रतिकृयाहरू
...