Sunday 21st December 2025

श्रीलंकाका राष्ट्रपतिद्वारा राजीनामा दिने घोषणा


श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन्।

प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन्।

आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्। शनिवार ठूलो सङ्ख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारीहरूले राजपक्षको राजीनामाको माग दोहोर्‍याएका थिए

राष्ट्रपति राजपक्षले आगामी बुधवार राजीनामा दिने जानकारी गराएका छन्। प्रधानमन्त्री रनिल विक्रमासिङ्ग यस अघि नै राजीनामा दिन सहमत भएका छन्।

संसद्‌का सभामुखले “सत्ताको शान्तिपूर्ण हस्तान्तरणका लागि” राष्ट्रपतिले राजीनामा दिने निर्णय लिएको जानकारी गराएका छन्। उनले जनतालाई “कानुनको सम्मान” गर्न पनि आह्वान गरेका छन्।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...