Sunday 21st December 2025

प्रशिक्षक धावक श्रेष्ठले भेटे खेलकुद मन्त्री


कुवेतमा अमेरिकी युनिभर्सिटीका म्यारथुन प्रशिक्षक समेत रहेका धाबक नारायण श्रेष्ठले युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसंग मेई ३० तारिक सोमबार भेट गरेका छन् ।

सिंहदरबारस्थित खेलकुद मन्त्री गहतराजको कार्यकक्षमा भएको भेटका क्रममा श्रेष्ठले विदेशमा रहेर पनि खेल क्षेत्रमा लागि रहेको, यसै बिचमा आफूले खेलकुद क्षेत्रमा पाएको उपलब्धि र म्याराथुन खेलका सम्भाबना बारेमा जानकारी गराए ।

श्रेष्ठले कुवेतमा सन् २०१८, २०१९ र २०२२ मा भएको अमेरिका युनिभर्सिटी म्याराथनमा स्वर्ण पदक जितेका थिए ।

उक्त म्याराथनसहित अन्य म्याराथनमा गरि करिब दर्जन भन्दा बढी स्वर्ण पदक जितेको धावक श्रेष्ठले तीतोपाटीलाई जानकारी गराए ।

त्यस अवसरमा मन्त्री गहतराजले खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएकोमा धन्यवाद दिदै उपलब्धिका लागि बधाइ दिएको श्रेष्ठले बताए ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...