Wednesday 14th October 2026

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल दोश्रो पटक निर्वाचित


भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल दोश्रो पटक पनि निर्वाचित भएकी छन् । दाहालले एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ फराकिलो मतान्तरले पराजित गर्दै दोस्रोपटक महानगरपालिका प्रमुख बनेकी हुन्। दाहालले ५२ हजार ३० मत ल्याउदा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका हुन्।

अघिल्लो स्थानीय तहको चुनावमा भन्दा दाहालले ८ हजार ९०३मत बढी ल्याएकी छन्। त्यतिखेर ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन्। देवी ज्ञावालीले ४२ हजार ९२४ मत ल्याएका थिए। तर, अहिले ज्ञवालीले भन्दा २ हजार ३४३मत कम ल्याएका छन्।

सुवेदी वाग्मती प्रदेशको संसाद पदबाट राजिनामा दिएर महानगरपालिका प्रमुखमा लड्न आएका थिए । सुवेदीले एमालेका वडाध्यक्षहरुले ल्याएको मत पनि ल्याउन सकेनन्।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार १९१मतान्तरले राप्रपाकी हिमला गुरुङलाई पराजित गरेका छन्। अधिकारीले ५२ हजार ८ सय १२ ल्याउँदा प्रतिस्पर्धी गुरुङले ३० हजार मतप्राप्त गरिन्।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...