Thursday 13th August 2026

९७ दिन होटलमा बसेको १० हजार केडी बिल नतिरे पछी


९७ दिन होटलमा बसेको बिल नतिरेको भन्दै कुवेतमा एक नागरिकविरुद्ध प्रहरी चौकीमा उजुरी परेको छ । होटल व्यवस्थापनका अनुसार अभियुक्तले एक कूटनीतिज्ञको नक्कल गरेको र ९७ दिनसम्म (फेब्रुअरी १६, २०२२ देखि) हालसम्म उक्त होटलमा बसेका थिए ।

अरब टाइम्सका अनुसार उनको पूरै बसाइको बिल १०,००० दिनार(नेरु करिब ४० लाख) आएको छ। पाहुना धनी देखिएर महँगो गाडीमा यात्रा गर्दै आफूलाई कूटनीतिज्ञ भनेर चिनाएकाले होटल व्यवस्थापन यतिबेलासम्म मौन बसेको जनाईएको छ।

उनीसँग पैसा माग्दा उनले हाल बिल तिर्न नसक्ने बताए पछी उनी बिरुद्द मुद्दा दायर गरिएको हो । प्रहरीले अनुसन्धान गरिरहेको र आवश्यक कानुनी कारबाही अघि बढाइएको जनाइएको छ् ।


सम्बन्धित शीर्षकहरु

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन्।…

अमेरिकाले इरानमाथिको नाकाबन्दी कडा पार्‍यो, ५९ व्यावसायिक जहाजको मार्ग परिवर्तन अमेरिकी सेनाले इरानका बन्दरगाहतर्फ जाने वा त्यहाँबाट निस्कने ५९ वटा…

जापानले जुलाई ३१ मा नेसनल इन्टेलिजेन्स ब्युरो (NIB) स्थापना गर्दै दशकौँपछि आफ्नो गुप्तचर संरचनामा ठूलो पुनर्गठन गरेको छ। यसको उद्देश्य…

प्रतिकृयाहरू
...