Wednesday 14th October 2026

अविरल वर्षाको कारण नागलैंडमा हाई एलर्ट जारी


डा. हरिमोहन पोखरेल, कोहिमा /गतः केही दिन अगाडिबाट नागालैंड राज्यमा निरंतर रूपमा पानी परेकोले सरकारको गृह विभागले हाई एलर्ट जारी गरेको छ ।

प्राप्त समाचार अनुसार आगामी केही दिन सम्म पानीको प्रकोप बढनाले मानिसहरूले खोलाको छेउछाऊ नजाने र पानी संबंधित कुनै पनि कार्य नगर्ने चेतावनी दिएको छ ।

गृह विभागबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ कि आगामी दिनहरूमा कोहिमा र डिमापुरमा भारी भन्दा भारी बारिश हुने भएकोले प्रत्येक मानिसहरूले सचेत रहनुपर्ने छ ।

विज्ञप्तिले अझै अगाडि जनायो कि धनशीरी तथा दोयाङ नदीमा पानीको उफान बढेकोले गर्दा पनि नदी किनारमा नजाने कुरा गरेको छ ।
कोहिमामा पनि निरंतरताले पानीको प्रभाव परेकोले कतै -कतै भेल बाढी र पहिरो जाने स्थिति भएकोले गर्दा राज्यको एनडीआरएफ तथा अन्य संबंधित संस्थाहरूलाई पनि सचेत रहने आदेश दिएको छ ।
स्मरण रहोस् गतः सातादेखि नागालैंड र पूर्वोत्तरका विभिन्न राज्यमा भेल बाढी भएको खबर साथै धेरै नै जानमालको नोक्सानी भएको खबर छ ।सरकारले कहिले सम्म भरपाई गरेर राहत दिन्छ त्यो त आउने भविष्य नै बताउला ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...