Tuesday 30th December 2025

अविरल वर्षाको कारण नागलैंडमा हाई एलर्ट जारी


डा. हरिमोहन पोखरेल, कोहिमा /गतः केही दिन अगाडिबाट नागालैंड राज्यमा निरंतर रूपमा पानी परेकोले सरकारको गृह विभागले हाई एलर्ट जारी गरेको छ ।

प्राप्त समाचार अनुसार आगामी केही दिन सम्म पानीको प्रकोप बढनाले मानिसहरूले खोलाको छेउछाऊ नजाने र पानी संबंधित कुनै पनि कार्य नगर्ने चेतावनी दिएको छ ।

गृह विभागबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ कि आगामी दिनहरूमा कोहिमा र डिमापुरमा भारी भन्दा भारी बारिश हुने भएकोले प्रत्येक मानिसहरूले सचेत रहनुपर्ने छ ।

विज्ञप्तिले अझै अगाडि जनायो कि धनशीरी तथा दोयाङ नदीमा पानीको उफान बढेकोले गर्दा पनि नदी किनारमा नजाने कुरा गरेको छ ।
कोहिमामा पनि निरंतरताले पानीको प्रभाव परेकोले कतै -कतै भेल बाढी र पहिरो जाने स्थिति भएकोले गर्दा राज्यको एनडीआरएफ तथा अन्य संबंधित संस्थाहरूलाई पनि सचेत रहने आदेश दिएको छ ।
स्मरण रहोस् गतः सातादेखि नागालैंड र पूर्वोत्तरका विभिन्न राज्यमा भेल बाढी भएको खबर साथै धेरै नै जानमालको नोक्सानी भएको खबर छ ।सरकारले कहिले सम्म भरपाई गरेर राहत दिन्छ त्यो त आउने भविष्य नै बताउला ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...