Thursday 14th May 2026

सदिक्षा श्रेष्ठ ’मिस नेपाल नर्थ अमेरिका’को आधिकारिक कोरियोग्राफरमा मनोनित


आगामी अगस्ट महिनामा अमेरिकाको न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको लागि मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ आधिकारिक कोरियोग्राफरमा मनोनित भएकी छन् ।

आगामी अगस्त महिनामा अमेरिकाको न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको लागि छानिएकी आयोजकले मिस नेपाल नर्थ अमेरिकाले विज्ञप्ती सार्वजनिक गरी जनाएको छ । मिस नेपाल नर्थ अमेरिका आगामी अगस्त ११ तारिखमा हुदैछ ।

यसै गरि मिस नेपाल नर्थ अमेरिकाको लागि सन् २०१८ कि मिस टुरिज्म इन्टरकन्टिनेंटल २०१८ ,मिस न्युयोर्क २०१७ तथा मिस टुरिज्म युएसए २०१७ बनेकी फतेना क्वासेम लाई कार्यक्रमको लागि आधिकारिक प्रशिक्षकमा मनोनित समेत गरिएको छ ।

यसै गरि न्युयोर्ककै प्रसिद्ध कार्यक्रम स्थल मेलरोज बलरुममा उक्त कार्यक्रम अगस्त ११ तारिख भव्य समापन समारोहको आयोजना हुने तय भएको छ । साथै सोहि स्थानमा भव्य भोज समारोहको समेत आयोजना गरिने छ ।

मेलरोज बलरुममा जहाँ हलिवुडका प्रसिद्ध कलाकार रिहाना ,कववेब ,स्वान मेडेस ,स्टेभी टेलर ,नेपाली कलाकारहरु बिपुल छेत्री ,मुक्ति एण्ड रिभाईभल प्रख्यात तथा चर्चित कलाकारहरुले यसै मचंमा आफ्नो बेजोड प्रस्तुति गरि सकेका छन् ।

सदिक्षा श्रेष्ठ सन् २०१० कि नेपाल सुन्दरीको साथै सन् २०१७ मा नेपाल बिद्या भुषण पदकबाट सम्मानित भएकी छिन् । यसको साथै उनी सन् २०११ को नेपाल पर्यटनकि सद्भावना दुत समेत हुन् । सन् २०१० मा बिश्व बन्यजन्तु संरक्षण कि युवा सद्भावना दुतमा समेत नियुक्ति भएकी छिन् ।

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इनटरटेन्टमेन्टको सहकार्यमा कार्यक्रम गर्नेछ ।

८ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन ,परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिकाको टोलिमा संस्थापकहरुको संलग्नता रहेको छ ।

प्रथम मिस नेपाली नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रुपमा प्रकाश पार्नेछ । भने पछिल्लो पुस्ताको लागि नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने मुख्य नारा यस बर्ष देखि सुरु हुने छ ।
मिस नेपाल नर्थ अमेरिकामा प्रतियोगी १८ देखि २७ बर्ष सम्ममा उमेरका, अविवाहित, ५ फुट २ इन्च उचाई, शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट ), प्रतियोगी उत्तर अमेरिका निवासीका साथै नेपाली मूलको हुनुपर्नेछ ।

यसैगरी निवेदकको सही नैतिक चरित्र तथा नेतृत्वको सिप तथा जीवन वृति हाक्न सक्ने तथा सफल हुन् प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

प्रतिकृयाहरू
...