Wednesday 23rd September 2026

मगर संस्कृति केन्द्रित ‘शिरफुल’ को ट्रेलर सार्वजनिक


तितोपाटी – फिल्म ‘शिरफूल’को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नाइस मिडिया नेटवर्क र मगर क्रिएसनको व्यानरमा कमल एक्चै मगरले निर्देशन गरेको फिल्मको ट्रेलर तथा फस्टलुक राजधानीमा बुधबार सार्वजनिक गरिएको हो।

ट्रेलरमा काठमाडौंका युवा जमातको रहनसहनसँगै आदिवासी जनजाति संस्कृतिको झलक देखाइएको छ ।फिल्ममा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङ, बिना थापा, निता पुन, नियोना गुरुङ, किरण मगरलगायतको अभिनय छ।

यसअघि फिल्मको दुई गीत ‘आज किन’ र ‘शिरफूल’ सार्वजनिक भइसकेको छ । फिल्ममा राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरकोको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ । फिल्ममा आशिर्वाद पुन मगरको लगानी छ । नेपालमा मंसिर २१ गते रिलिज हुने फिल्म विदेशका १६ वटा देशमा पनि प्रदर्शन हुँदैछ ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...