Thursday 18th September 2025

मगर संस्कृति केन्द्रित ‘शिरफुल’ को ट्रेलर सार्वजनिक


तितोपाटी – फिल्म ‘शिरफूल’को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नाइस मिडिया नेटवर्क र मगर क्रिएसनको व्यानरमा कमल एक्चै मगरले निर्देशन गरेको फिल्मको ट्रेलर तथा फस्टलुक राजधानीमा बुधबार सार्वजनिक गरिएको हो।

ट्रेलरमा काठमाडौंका युवा जमातको रहनसहनसँगै आदिवासी जनजाति संस्कृतिको झलक देखाइएको छ ।फिल्ममा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङ, बिना थापा, निता पुन, नियोना गुरुङ, किरण मगरलगायतको अभिनय छ।

यसअघि फिल्मको दुई गीत ‘आज किन’ र ‘शिरफूल’ सार्वजनिक भइसकेको छ । फिल्ममा राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरकोको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ । फिल्ममा आशिर्वाद पुन मगरको लगानी छ । नेपालमा मंसिर २१ गते रिलिज हुने फिल्म विदेशका १६ वटा देशमा पनि प्रदर्शन हुँदैछ ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

प्रतिकृयाहरू
...