Saturday 20th September 2025

कुशल र दीपेन्द्र चम्किदा नेपालले १३६ रनले फिलिपिन्सलाई हरायो


आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले हराएको छ। नेपालले ओमानमा भइरहेको  ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध २१९ रनको विशाल स्कोर बनाएको थियो । नेपालका कुशल भुर्तेल सतकीय   र दीपेन्द्रसिंह ऐरीको अर्धशतकिय पारी खेलेका थिए  ।

नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट गुमाएर  ८२ रन मात्रै बनाउन सफल भएको  थियो । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका  थिए । उता आज मात्रै  डेब्यु गरेका गुल्सन झा ले पनि एक विकेट लिएका थिए । जितेन्द्र मुखिया, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक/एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले  २ सय १८ रन बनाएको थियो। आजको जितसँगै नेपाल चार अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।


सम्बन्धित शीर्षकहरु

जेन जेड आन्दोलन ले ४८ घण्टा भित्र सवै कुरा ढालि दियो तर रबि लामिछाने ढलेन । पूर्व सरकारमा सामेल दलका…

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

प्रतिकृयाहरू
...